जडिबुटी व्यवसाय ‘जङ्गलमा मात्र’ निर्भर हुनुनपर्ने

२० जेष्ठ २०७५, आईतवार १३:३५
 

सदरलाइनडटकम
२० जेठ, नेपालगन्ज :  जडिबुटी व्यवसायलाई ‘जङ्गलमा मात्र’ निर्भर गर्न नहुने आवाज उठेको छ । जङ्गलमा मात्र निर्भर रह“दा व्यवसाय संकट आउने देखिएकाले व्यवसायीहरु माझ यसको बिकल्प खोज्नुपर्ने बहस र छलफल हुन थालेको छ ।
नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहमद याकुव अन्सारीले जडिबुटी व्यवसायलाई दिर्घकालिनरुपमा व्यवस्थीत गर्नका लागि समुदायस्तरमा जडिबुटी खेतीको प्रर्बधन गर्न लागिएको बताए । ‘अब वनमा मात्र निर्भर हुने अवस्था छैन । अब प्रत्येक खेत—खेतमा जडिबुटी उत्पादन गर्नुपर्छ । हामी त्यसरी गइरहेका छौं । यस क्षेत्रका ५ जिल्लामा अहिले पनि हामीले यसको खेती गरिरहेका छौं ।—अन्सारीले भने ।
नेपालगन्जलाई जडिबुटीको हब नै भनिन्छ । यहाँ करोडौको लगानीमा उद्योग खुलेका छन् । थुप्रैले रोजगारी पाएका छन् । त्यसलाई अझै बिस्तार गर्नका लागि राज्य र नीजि क्षेत्रले बिशेष कार्यक्रम ल्याउनुपर्ने तर्क जडिबुटी व्यवसायीहरुले जोड दिएका छन् । पछिल्लो समय देश संघीय संरचनामा गएपछि करको भारी थुप्रिने होकी भन्ने चिन्ता छाएको अन्सारीले बताए ।



प्रदेश नम्बर ५ का सभाषद समेत रहेका अध्यक्ष अन्सारीले करको भारी थुपार्ने काम भए जडिबुटी व्यवसाय सुक्ने तर्क गरेका छन् । यसका लागि आफुले बिभिन्न फोरमहरुमा कुरा राखेको र समाधानका लागि पहल गरिरहेको बताए ।

Next Post

बाँकेका स्वास्थ्यकर्मीले चार महिनासम्म पारिश्रमिक पाएनन्

२० जेष्ठ २०७५, आईतवार १३:३५
सदरलाइनडटकम २० जेठ, नेपालगन्ज :  स्थानीय तहमा कार्यरत बाँकेका स्थास्थ्यकर्मीहरुले बिगत चार महिनादेखि तलब पाएका छैनन् । महिला स्वास्थ्यसेविकालाई भिटामिन खुवाएको भत्ता सम्म दिइएको छैन । महिनौसम्म सेवा सुविधा नपाएपछि ‘घरखर्च चलाउनै मुस्किल’ भएको भन्दै बाँकेका स्वास्थ्यकर्मीहरुका संघसंगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समस्या समाधानका लागि आग्रह गरेका छन् । आईतबार […]

सम्बन्धित