पूर्वपश्चिम राजमार्गको चोरखोला नजिक पहिरोजाँदा ८ घण्टा बाटो अवरुद्ध (फोटो फीचर)

१८ जेष्ठ २०७५, शुक्रबार १८:३६
 

सदरलाइनडटकम
१८ जेठ, कपिलबस्तु  : पूर्व–पश्चिम राजमार्गको धानखोला भन्दा ४ किलोमिटर पूर्व चोरखोला नजिक शिवराज नगरपालिका वडा नं. १ कपिलबस्तुमा शुक्रबार बिहान आएको भिषण वर्षातपछि पहिरो आउदा सो सडक करिव ८ घण्टा जाम भएको थियो ।
वर्षातको पानीसंगै आएको पहिरोको कारण पुर्व–पश्चिम राजमार्गको सो सडक खण्डभएर चल्ने सवारी साधनहरु दुबैतिर करिव १० किलोमिटरसम्म जाम लागेको थियो ।
अन्य दिनहरुम समेत सुख्खा पहिरो खस्ने गरेको ठाँउमा शुक्रबार विहान १ बजेतिर पहिरो गएको थियो । विहान ७ बजेमात्र एक्जाभेटरको मद्दतले करिव २ घण्टापछि एकोहोरो बाटोकोे ट्रयाक खोलिएको थियो । फोटो : रुद्र सुवेदी / सदरलाइन    

Next Post

भारतीय व्यापारीबाट कुटपिट

१८ जेष्ठ २०७५, शुक्रबार १८:३६
सदरलाइनडटकम १८ जेठ, नेपालगन्ज :  भन्सार छलेर सामान ओसार्ने काम गर्न नमानेको हुँदा यहाँ एक जना भारतीय व्यापारीले आफ्नै कर्मचारी माथि हातपात गरेर नोकरीबाट निकालेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं। १२ सुर्खेत रोडमा दुई महिना अघि खोलिएको हृद्धिमा इन्टरनेसनल नामक किराना पसलका मालिक शुभम् कनोडियाले आफ्नो पसलमा काम गर्ने […]