पोल मर्मतमा ढिलाई हुँदा हप्तादेखि अन्धकारमा

१६ जेष्ठ २०७५, बुधबार १७:२६
 


सदरलाइनडटकम
१६ जेठ, नेपालगन्ज :  बाँकेको डुडुवा गाउँपालिकामा आँधी हुरीले ढलेका पोल मर्मत नहँुदा स्थानीयले अझै बत्ती बाल्न पाएका छैनन । एक हप्ता अघि आएको आँधी हुरीले गाउँपालिकाको वार्ड नं. ४ र ५ मा ३० वटा विद्युत पोल ढलेका छन, भने केही भाँचिएका छन । विद्युत कार्यालयले सुस्त गतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बक्ती बाल्न नपाएको भन्दै स्थानीय आक्रोसित भएका छन ।
अत्याधिक गर्मीको मौसममा लामो समयसम्म विद्युत आपुर्ति बन्द भएपछि स्थानीयलाई हैरानी भएको छ । विद्युत कार्यालयले मुख्य सडकका पोल गडिसकिएको र गाउभित्रका पोल केहीदिनमै गाड्ने बताएको छ ।
आँधी हुरीले गाउँपालिकाको वडा नं. ४ र ५ मा बढी क्षति पुरयाएको छ । आँधी हुरीले वाड नं. ५ गोहनाका १२ वर्षिया गिता कुमाई घरको छानाले च्यापिएर गम्भीर घाईते भए । उनको टाउँको र शरिरका अन्य भागमा गहिरो चोट लागेको वडाध्यक्ष प्रशराम बुढाथोकीले बताए । अहिले उहाँको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेकाले थप उपचार सहयोगका लागि आजै जिल्ला प्रशासन कार्यायल बाँकेलाई सिफारिस पत्र समेत पठाएका छौ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपत प्रकोपले प्रभावित गाउँपालिकालाई थप बेला बेलामा प्रभावित बनाएको भन्दै आधी हुरीले धेरै क्षति पुरयाएको बताए । उनले त्यसको राहत तथा क्षतिपुर्तिका लागि सम्वन्धीत निकायमा पहल भईरहेको बताउदै विद्युत आपुर्ति सेवा तत्काल सुचारुका लागि पहल भएको बताए ।

Next Post

खजुराको भानुदय प्रावि पशुपति प्राविमा गाभियो

१६ जेष्ठ २०७५, बुधबार १७:२६
सदरलाइनडटकम   १६ जेठ, खजुरा (बाँके) : सामुदायिक विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै न्यून भएपछि स्थानीय तहले विद्यार्थी नभएका विद्यालयहरु धमाधम नजिकका विद्यालयलमा गाभ्न (मर्ज) गर्न सुरु गरेको छ । बाँकेको खजुरा गाउँपालिकाले नयाँ गौरीनगरको भानुदय प्राविलाई मर्ज गरेको जनाएको छ । कक्षा ५ सम्म सञ्चालनमा रहेको सो विद्यालयमा नयाँ शैक्षिक शत्रमा […]

सम्बन्धित