गणतन्त्र दिवसमा लोकप्रियको रक्तदान

१५ जेष्ठ २०७५, मंगलवार १७:३१
 

सदरलाइनडटकम
१५ जेठ, नेपालगन्ज : नेपालगन्जबाट प्रकाशित हुँदै आएको लोकप्रिय सन्देश दैनिकले आफ्नो वार्षिक उत्सव र गण्डतन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वार्षिक उत्सवसंगै गणतन्त्र दिवसको अवसर पारेर समृद्धिका पाईला बाँकेको सहकार्यमा बृहद रक्तदान कार्यक्रम आयोजना गरिएको सो दैनिकका सम्पादक प्रकाशक गोविन्द शर्माले जानकारी दिए ।
रक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीका अनुसार पछिल्लो समय रगतको अभाव रहेको अवस्थामा सो दैनिकले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान गरेको भन्दै धन्यबाद ब्यक्त गरे ।
कार्यक्रममा नेकपाका नेता रत्न खत्री, सुर्य ढकाल,सशस्त्र प्रहरीका नायब उपरीक्षक जीवन भट्टराइ, लोकप्रिय सन्देशका प्रधान सम्पादक गोविन्द शर्मा, प्रबन्ध निर्देशक आकाश देवकोटा, कार्यक्रम संयोजक दिनेश ठाकुर, पत्रकार कृष्ण वली, भगतराम थारु, गणेश राई, सावित्री विक, आशिक सिद्धिकी, विद्यार्थी नेता ज्ञानबहादुर बम, गोकर्ण न्यौपाने लगायत ४५ जना बढिले रक्तदान गरेका छन् ।
रक्तदानमा सशस्त्र प्रहरीको महेन्द्रनगरस्थित सीमा सुरक्षा कार्यालय, औद्योगिक सुरक्षा गण र बाँके बगियास्थित जिल्ला बेसका सुरक्षाकर्मीहरु समेत सहभागी भएका थिए ।
सहभागीलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय महेन्द्रनगरका एसपी फनिन्द्रराज पौडेल, राजश्व तथा औद्योगिक सुरक्षा गुल्मका एसपी शैलेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका प्रदेश सचिव शुक्रऋषि चौलागाई, बाँके शाखाका निबर्तमान अध्यक्ष रुद्र सुवेदी, पुर्ब कोषाध्यक्ष बिश्वराज पछल्डंग्या, संरक्षणकर्मी हेमन्तराज काप्mल, जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, समृद्धिका पाइलाका अध्यक्ष किरण ढकाल, लोकप्रिय सन्देशका सम्पादक शकील खान, कार्यक्रम उप सम्पादक तथा कार्यक्रम ब्यवस्थापक बिनोद भट्टराई, लगायतले प्रमाणपत्र बितरण गरेका थिए । 

Next Post

बजेट : भत्ता बढ्यो, तलव बढेन

१५ जेष्ठ २०७५, मंगलवार १७:३१
सदरलाइनडटकम १५ जेठ, नेपालगन्ज :  सरकारले आगामी आर्थिक वर्ष २०७५र७६ मा कर्मचारीको तलव यथावत् राखेको छ । तर, भत्ता भने २ हजार रुपैयाँले बढाएको छ । मासिक महंगी भत्ता बढाएको हो । तलव सुविधा पुनरावलोकनका लागि तलव सुविधा पुनरावलोकन गर्न तलव आयोग गठन गर्ने सरकारले जनाएको छ । तलव बढाउनुपर्ने […]

सम्बन्धित