सदरलाइनडटकम
१४ जेठ, नेपालगन्ज : प्रदेश नम्बर ५ का सभासद आईपी खरेलले सोमबार बाँके जिल्लाको क्षेत्र नम्बर ३ अन्र्तगत पर्ने खजुरा र बैजनाथ गाउँपालिकाका बिभिन्न योजनाहरु अनुगमन गरेका छन् । तटबन्ध र बाटो निर्माणको कामको अनुगमन गर्दै प्रदेश सभासद खरेलले स्थानीयबासिन्दाहरुसंग विकास निर्माणका कामका बिषयमा छलफल समेत गरेका छन् ।
सभासद खरेलले खजुरा गाउँपालिका अन्र्तगत रनियापुरमा निर्माण भएको सडकको अवस्थाका बिषयमा जानकारी लिए । उक्त सडक निर्माणको कार्य सन्तोषजनक नभएको जनगुनासो पाईएपछि अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बाटोमा ग्राभेल नाम मात्रको पाइएको छ । सभासद खरेलले यस बिषयमा सरोकारवाला निकायको ध्यानार्कषण गराउने बताए । यसैगरी बैजनाथ गाउँपालिकाको बिभिन्न स्थानमा बन्दै गरेको तटबन्धको अनुगमन गर्दै खरेलले कामहरु सन्तोष्सजनक पाइएको जानकारी
दिए ।
Next Post
एनसेल टावरमा विस्फोट गराएको अभियोगमा तीन जना विप्लवका कार्यकर्ता पक्राउ
१४ जेष्ठ २०७५, सोमबार १७:१३
सम्बन्धित
-
२ फाल्गुन २०७८, सोमबार १२:५१
‘गठबन्धनको सहमतिमै प्रधानन्यायाधीशमाथि महाअभियोग’
-
१२ श्रावण २०७३, बुधबार १४:०६
उद्दार जारी, बुधबार पनि हेलिकप्टरबाट १ सय ४ को उद्दार
-
१७ कार्तिक २०७६, आईतवार १९:०१
‘हतियार र संवादबीच कुनै कनेक्सन छैन’
-
२ माघ २०८०, मंगलवार १५:२३
मोटरसाइकल दुर्घटनामा बाँकेमा एक जनाको मृत्यु
-
२६ श्रावण २०८०, शुक्रबार १४:०४
बर्दियामा गोरुले हान्दा एक महिलाको मृत्यु
-
२२ जेष्ठ २०७९, आईतवार १७:३२
अबको केहि दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दै