राप्तीसोनारीमा गाउँपालिकास्तरिय खेलकुद प्रतियोगिता सुरु

१२ जेष्ठ २०७५, शनिबार १८:२२
 

सदरलाइन  \ रबिन्द्रसिंह ठकुरी
१२ जेठ, नेपालगन्ज :  राप्तीसोनारी गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । राप्ति सोनारी गाँउपालिका यूथ क्लबको आयोजनामा उक्त प्रतियोतिगा शुरु भएको हो । प्रतियोगिता राप्ति सोनारी गाँउपालिका वडा नं. ३ स्थित श्री सरस्वति मा.बि भवानियापुरमा संचालन भएको छ ।
एक कार्यक्रमका बिच सो प्रतियोगिताको शुभारम्भ भएको हो। कार्यक्रमको राप्ति सोनारी गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष गंगाराम थारु र राष्टिय खेलाडी तेजबहादुर सुवेदीले संयूक्त रुपमा रेफ्रिलाई बल हस्तान्तरण गरि प्रतियोगिताको शुभारम्भ गरेका हुन । कार्यक्रममा बोल्दै वडा अध्यक्ष गंगाराम थारुले यो शुरुवात भएको र आगामी दिनहरुका यस्तै खालका प्रतियोगिता हरु मार्फगाँउपालिकामा खेलाडी उत्पादन गरि कुलत मा लागेका यूवाहरुलाई खेल क्षेत्रमा समाबेश गरि उनिहरुको जिबन परिबर्तनमा समेत टेवा पुर्याउने खालका क्रियाकलाप खेलकुद क्षेत्रबाट गर्ने उनले जोड दिए ।
प्रतियोगितामा राप्ति सोनारी गाँउपालिका भित्र रहेका यूवा क्लबहरुले सहभातिगा जनाएका छन । प्रतियोगितामा राप्ति सोनारी गाँउपालिकाका महिला र पुरुष भलिबल मा १० / १० वटा टिमले सहभागिता जनाएका छन । पुरुष फुटबल तिर पनि पालिका भित्रकै यूवाहरुको १० वटा फुटबल टिम सहभागि रहेका छन । प्रतियोगितामा प्रथम, द्धितय र तृतिय हुने टिमलाई नगद रु ३० हजार, २० हजार १० हजार र ट्र्फि तथा मेडल समेत दिईने युवा क्लबका अध्यक्ष रामकृष्ण चौधरीले बताए ।

Next Post

बाँके डान्स आईडलको तेस्रो छनौट राउण्ड सम्पन्न

१२ जेष्ठ २०७५, शनिबार १८:२२
सदरलाइन / रबिन्द्र सिंह ठकुरी १२ जेठ, कोहलपुर (बाँके) : कोहलपुरमा आयोजना गरिएको पश्चिम नेपाल कै उच्च राशिको नृत्य प्रतियोगिताको चौथो छनौट राउण्ड सम्पन्न भएको छ । कोहलपुरको साईनिङ्ग स्टार विद्यालयमा शनिबार आयोजना गरिएको छनौट प्रतियोगितामा २ सय ३४ जनाले सहभागिता जनाएकोमा सो छनौटमा ५० जना मात्र चौथाे चरणको लागि […]

सम्बन्धित