अब ई—हाजिरी सबै ठाउँमा

११ जेष्ठ २०७५, शुक्रबार ११:५६
 

सदरलाइनडटकम
११ जेठ, नेपालगन्ज :  बाँकेको डुडुवा गाउँपालिकामा शिक्षाको गुणस्तरियता सुधार तथा शिक्षक नियमितताका लागि विद्यालयहरुमा इ हाजिरी मेसिन जडान गरिएको छ । गाउँपालिका अन्र्तगत यस आर्थिक वर्षमा १० वटा विद्यालयलाई शुक्रबार एक कार्यक्रमका विच विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष साहिदा बानो, गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्र र प्रमुख प्रशासकिय अधिकृत दीपक पौडेलले सो मेसिन हस्तान्तरण गरे। गाउँपालिकामा रहेका ३१ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालय गरि ४१ वटा विद्यालय रहेका छन ।
यस वर्ष १० वटा विद्यालयमा जडान गरिएको मेसिनको प्रभावकारिताका आधारमा आगामी वर्षमा सबै विद्यालयमा मेसिन जडान गर्ने गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउए । उनले यो मेसिनले शिक्षक समयमा आउने, विदा, काजमा बस्ने पुरा समय विद्यालयमा बस्नमा मद्दत पुग्ने भएकाले शिक्षाको गुणस्तरियतामा बृद्धि भई सुधार आउने दाबी गरे।
शुक्रबार विद्यालयले मेसिन जडान गरि इ हाजिरी सेवा शुरु गर्ने शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए। शिक्षकहरुलाई यसको प्रयोग तथा उपयोगिताका विषयमा तालिम समेत प्रदान गरिसकिएको छ । मेसिन जडानपछि साप्ताहिक रुपमा अनुगमन गरि मासिक रुपमा प्रतिबेदनका आधारमा शिक्षकहरुलाई पारिश्रमिक उपलब्ध गराइने गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।
शहिद स्मारक मावि, मावि बनकटी, नेराप्रावि अमरहवा, जनता आधारभुत विद्यालय पिप्रहवा, सरस्वती मावि भंघोटना, पशुपति मावि नौरीगोरी, ज्ञानदिप मावि डलैपुर, आधारभुत विद्यालय शाहपुर्वा, नेराप्रावि सन्तलिया र अल्जामिया मदरसालाई इ हाजिरी मेसिन उपलब्ध गराइएको छ ।
पछिल्लो समय शिक्षकहरु विद्यालयमा नियमित नआउने, समयमा नआउने, अन्यत्र काममा व्यस्त रहने, पुरा समय अध्यायपन नगारउने, समस्याले शिक्षाको गुणस्तरियतामा प्रभावकारिता नदेखिएको सम्बद्धहरुको भनाई छ ।

Next Post

खजुरा १ साक्षर घोषणा

११ जेष्ठ २०७५, शुक्रबार ११:५६
सदरलाइनडटकम ११ जेठ, नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नं. १ राधापुरलाई साक्षर वडा घोषणा गरिएको छ ।  राधापुरको मैटहवा माविमा आयोजित कार्यक्रममा वडाध्यक्ष सुमन मल्लले साक्षर वडा घोषणा गर्दै अब राधापुरमा कुनै पनि नागरिकले कामकाजका क्रममा औठाछाप नलाउने बताए ।  वडाध्यक्ष मल्लले साक्षरता उन्मुलन समृद्धिको कडी भएको बताउँदै राधापुर […]