कर्णाली क्षेत्रमा चार्टर उडान विहीबारदेखि बन्द

१० जेष्ठ २०७५, बिहीबार १९:२१
 

सदरलाइनडटकम  
१० जेठ नेपालगन्ज  :  नेपालगन्जको राँझा बिमानस्थलबाट कर्णालीमा हुँदै आईरहेको चार्टर उडान बिहीबारदेखि बन्द भएको छ । नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बैशाख २६ गतेको मन्त्रीस्तरको निर्णय बमोजीम जेष्ठ १० गते देखि लागु हुने गरी कर्णालीमा हुँदै आई रहको चार्डर उडानहरु बन्द गरिएको हो ।
चार्टर उडान रद्ध भएसंगै कर्णाली क्षेत्रमा हुँदै आईरहेको उडान कम्पनीहरुको सिन्डिकेट र टिकटमा हुँदै आईरहेको ‘दलाली’ पनि अन्त्य भएको छ । कर्णाली क्षेत्र र सुदूरपश्चिमको बाजुराका लागि नेपालगन्ज बिमानस्थलबाट तारा, सिता, समिट र नेपाल एअरलाईन्सले चार्टरमो आफनो उडान भर्दै आईरहेका थिए ।
नेपाल सरकारको निर्णयले अब सो क्षेत्रमा सबै बिमान कम्पनीहरुले सरकारले नै तोकेको भाडादरमा सहुलियत उडान भर्नुपर्ने भएको छ । सहुलिएत उडान शुरु भएपछी कर्णाली क्षेत्रमा आउने जाने यात्रुहरु खुसी देखिएका छन ।
यस अघि हरेक बिमान कम्पनीहरुले हप्ताको १ दिन मात्रै सहुलियत दरको उडान र अन्य दिनमा चार्टर उडान भर्दै आएका थिए । चार्टर उडान रद्ध गरि सहुलियत उडान शुरु भएपछी कर्णाली क्षेत्रका बासीन्दाहरुलाई राहत पुग्ने नेपालगन्ज बिमानस्थलका प्रमुख प्रताबाबु तिवारीले दाबी गरे ।
चार्टर उडान रद्ध भएपछी कर्णाली र बाजुराका लागि नयाँ भाडादर कायम गरिएको छ । जस अनुसार नेपालगन्ज हुम्लाका लागि ७ हजार १ सय ९० रुपैया, नेपालगन्ज डोल्पाका लागि ५ हजार ३ सय १० रुपैयाँ, नेपालगन्ज राराका लागि ५ हजार ८ सय ४० रुपैयाँ, नेपालगन्ज जुम्लाका लागि ५ हजार ४ सय ४० रुपैयाँ र नेपालगन्ज बाजुराका लागि ५ हजार ४ सय ४० रुपैयाँ कायम गरिएको छ । यसअघि चार्टर उडानमा आउने जाने गर्नुपर्ने भएकोले सो क्षेत्रमा जाने आउने यात्रुहरुले महंगो मुल्यमा टिकट लिने गरेका थिए । चार्टर उडान रद्ध भएपछी टिकमा हुँदै आएको दलाली र उडान कम्पनीहरुको मनोमानी पनी बन्द हुने अपेक्षा गरिएको छ ।
तस्वीर : तारा एयरको वेभसाईटबाट

Next Post

गृहणी महिलालाई सेनेटरी प्याड बनाउने तालिम

१० जेष्ठ २०७५, बिहीबार १९:२१
सदरलाइनडटकम  १० जेठ, नेपालगन्ज  : नेपालगन्ज उप–महानगरको आयोजना, महिला उद्यमी संघ बाँकेको सहजीकरण र यूराशिया रेयुकाईको सहकार्यमामा नेपालगन्जमा बेरोजगार गृहणी महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउन तथा वजारीकरण गर्न तालिम दिईएको छ । महिलाहरुलाई हुने मासिक श्राव (महिनावारी)का समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन तथा विक्री वितरणको व्यवस्था गर्न २३ […]