क्षती न्यूनीकरणका बिषयमा छलफल

१० जेष्ठ २०७५, बिहीबार १७:५१
 


सदरलाइनडटकम
१० जेठ, नेपालगन्ज : दुव्र्यसनीमा फसेका र एचआईभी जस्ता रोगहरु लागेकाहरु माथि क्षती न्युनिकरणका बिषयमा बिहिवार नेपालगन्जमा बहृद छलफल भएको छ । परिवर्तन समूहको आयोजनामा जिल्लाका बिभिन्न इकाईका प्रहरी र जिल्ला बारका सदस्यबीच यस्तो छलफल भएको हो ।
उक्त समूहकी कार्यक्रम अधिकृत इन्द्रा रावलले क्षती न्यूनीकरणका प्रयासहरु थालिए धेरै दुव्र्यसनीमा फसेका युवा युवतीहरुलाई सही मार्गमा ल्याउन सकिने बताए । उनले यसका लागि सरकारी तथा गैरसरकारी निकायको समन्वय आवश्यक रहेको बताईन ।
छलफलमा दुव्र्यसनीको समस्याले समाजलाई पिरोलेको भन्दै रोकथामका उपायहरु अपनाउनुपर्नेमा जोड दिइएको थियो । साथै यस्ता क्रियाकलापबाट युवाहरुलाई जोगाउन तर्फ लाग्नुपर्ने पनि बताइयो ।

Next Post

खजुरा वडा नम्बर १ साक्षर

१० जेष्ठ २०७५, बिहीबार १७:५१
सदरलाइनडटकम १० जेठ, नेपालगन्ज :  बा“केको खजूरा गाउ“पालिका वडा नम्बर १ राधापुर साक्षर वडा भएको छ । खजूरा गाउपालिका कार्यपालिकाको बैठकले राधापुरलाई साक्षर वडा घोषणा गर्ने निर्णय गरेको छ । गाउँपालिकाको निर्णयपछि शुक्रबार राधापुरस्थित मैटहवा माविमा औपचारिक कार्यक्रम गरी साक्षर वडा घोषणा गर्न लागिएको छ । साक्षर वडा घोषणा कार्यक्रममा […]