प्रथम उपराष्ट्रपति चिल्डे्न गेमको उपाधी बाँकेलाई

८ जेष्ठ २०७५, मंगलवार १९:५३
 

सदरलाइनडटकम
८ जेठ, नेपालगन्ज :  नेपालगन्जमा सम्पन्न ५ न. प्रदेश स्तरिय प्रथम उपराष्ट्रपति चिल्डे्न गेम्स २०७५ को उपाधी बाँके जिल्लाले हात पारेको छ ।

 मंगलबार सम्पन्न प्रतियोगितामा बाँकेले १० स्वर्ण, ५ रजत र ६ काँस्य पदक प्राप्त गर्दै उपाधी हात पारेको हो । रोल्पा जिल्लाले ५ स्वर्ण,१ रजत र २ कास्य पदक हासिल गर्दे दोस्रो भयो भने दाँगले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गरी तेस्रो भयो ।

 बाँकेले उसु खेलमा ६ स्वर्ण, तेक्वान्दोमा ३ स्वर्ण र २ रजत १
कास्य, करातेमा ३ कास्य, एथ्लेटिक्समा १ स्वर्ण, २ रजत २ कास्य प्राप्त गर्न सफल भयो ।


 दोस्रो हुने रोल्पाले तेकाण्दोमा १ स्वर्ण १ रजत १ कास्य करातेमा ४ स्वर्ण १ कास्य प्राप्त गरयो तेसैगरि तेस्रो हुने दाँगले एथ्लेटिक्समा ३ स्वर्ण र रजत तेक्वान्दोमा १ स्वर्ण २ रजत ३ कास्य र करातेमा २ कास्य पदक प्राप्त ग¥यो । विजयी खेलाडीहरुलाई प्रदेश सभासदस्य बावुराम गौतम, क्षेत्रिय अध्यक्ष भिम ओली र क्षेत्रिय निर्देशक जयन्त शर्मा लगाएतले पुरस्कार प्रमाणपत्र तथा शिल्ड वितरण गरेका थिए ।
सोमबार देखि शुरु भएको प्रतियोगीतामा १४ वर्ष मुनिका कक्षा ६,७ र ८ छात्र,छात्राहरुले उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्सका विभिन्न ईभेन्टहरुमा प्रतिस्पर्धा गरेका थिए ।

 यस प्रतियोगीताबाट छनौट भएका खेलाडीहरु आगामी जेठ १० र ११ गते काठमाण्डौमा हुने केन्द्रिय उपराष्ट्रपति चिल्ड्रन गेम्समा सहभागिता जनाउन आजै त्यसतर्फ प्रस्थान गरेका छन । टोली नेता बिक्रमजंग थापाको नेतृत्वमा ५१ सदस्यीय टोली रहेका छन । उनीहरुलाई क्षेत्रीय खेलकुद बिकास समितिका पदाधिकारी, प्रशिक्षकलगायतले बिदाई गरेका थिए ।

Next Post

कोहलपुर नगरभित्रका योजनाहरुको अनुगमन तीब्र, अधिकांश मापदण्ड विपरित

८ जेष्ठ २०७५, मंगलवार १९:५३
सदरलाइनडटकम ९ जेठ, कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका भित्र चालु आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालनमा रहेका र सम्पन्न भएका योजनाहरुको अनुगमन तीब्र रुपले गर्न सुरु गरिएको छ । चालु आर्थिक वर्षमा कोहलपुर नगरपालिकामा ४ सय १३ वटा विभिन्न प्रकारका विकासे योजना सञ्चालनमा रहेका छन् । आर्थिक वर्ष सकिन करिव १ […]

सम्बन्धित