वडा अध्यक्षको सिफारिसमा ‘अनाथ’ बनाईए पातारासीका २४ बालबालिका

८ जेष्ठ २०७५, मंगलवार १८:१६
 

सदरलाइन / शुभाकर विश्वकर्मा  
९ जेठ, जुम्ला  : जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर १ र २ का २४ जना ‘नक्कली अनाथ’ बालबालिका रुकुममा अलपत्र परेका छन् ।

एक महिना अघि उनीहरुलाई राम्रो ठाँउमा पढाईदिने भन्दै प्रलोभनमा पारेर रुकुमको अनाथालयमा लगिएका बालबालिका अहिले अलपत्र परेका हुन् ।

जुम्ला पातारासीका ती नक्कली अनाथ बालबालिका यतिवेला रुकुमको नरसिहं बालगृहमा रुकुम मै अलपत्र पारिएका छन् ।

पातारासी गाउपालिका वडा नम्बर १ र २ का वडा अध्यक्षले आमाबुवा हुँदाहुँदै पनि अनाथ भनी झुटा कागज बनाएर बालगृहमा लगिएको पाईएको हो ।


वडा नम्बर २ का वडाध्यक्ष कन्न बोहरा र १ का वडाध्यक्ष दत्तबहादुर बुढाले ती बालबालिकाको अभिभावक हुँदा दुँदै पनि उनीहरु अनाथ भएको सिफरिस दिएका हुन् ।

 सो घटनामा ‘सदरलाइनडटकम’ले बुझ्न खोज्दा वडा नम्बर १ वडा अध्यक्ष बुढाले मोबाइलको स्विचअफ गरेर सम्पर्कमा आउन चाहेनन् । भने वडा नं.२ का वडा अध्यक्ष बोहराले अभिभावकले ढिपी गरेको कारण आफुले सिफारिस दिएको प्रतिक्रिया दिएका छन् ।

वडा अध्यक्षद्वयले अनाथ भनेर सिफिरिस गरी अनाथालयमा पुर्याईका अधिकांश बालबालिकाका आमाबुवा जीवितै छन । तर, अनाथ भनेर उनीहरूका झुटा कागजपत्र बनाइएको जनाइएको छ ।

महिला तथा बालबालिकाको कार्यालय रुकुमका अनुसार बालगृह सञ्चालक विभय बुढा पनि सम्पर्कमा छैनन् ।
यसैबीच पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहराले ती बालबालिका त्यहाँ कसरी पुगे र कसले पुर्यायो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले रुकुममा अलपत्र भएका बालबालिकालाई जुम्ला ल्याउनको लागि प्रयत्न भईरहेको बताए ।
तस्वीर : नन्दाराम जैशी

Next Post

सरकारको नीति तथा कार्यक्रमले उर्जा क्रान्तिको ढोका खुल्यो : मन्त्री पुन

८ जेष्ठ २०७५, मंगलवार १८:१६
सदरलाइनडटकम   ८ जेठ, काठमाडौं  : उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले उर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले उर्जा क्रान्तिको ढोका खुलेको उनले बताए । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पुनले यस्तो बताएका […]