उपमहानगरबाट लेखा अधिकृत फिर्ता ?

६ जेष्ठ २०७५, आईतवार १२:४०
 


सदरलाइनडटकम
६ ज्येष्ठ, नेपालगन्ज :  स्थानीय तहमा खटाइएका कर्मचारीलाई नगर प्रमुखले हाजिर गराउन नसकिने व्यहोराको पत्र थमाएर फिर्ता पठाएको छ । महालेखा नियन्त्रक कार्यालय बबरमहल, काठमाडौंबाट नेपालगंज उपमहानगरपालिकाको कार्यालयमा खटाईका लेखा अधिकृत राम बहादुर के.सी.लाई फिर्ता पठाइएको हो ।
उपमहानगरपालिकामा लेखा अधिकृत सहित ५ जना लेखापाल कार्यरत रहेकोले थप अधिकृतहरु र लेखापालहरु आवश्यक नपर्ने हुँदा महालेखा नियन्त्रकको कार्यालयबाट पठाइएका लेखा अधिकृत रामबहादुर के.सी. लाई हाजिर गर्न नसकिने व्यहोरा अनुरोध छ–नगर प्रमुख धवल शमशेर राणाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
साथै नपुग जनशक्ति प्रदेश लोकसेवा आयोगबाट पदपूर्तिको प्रक्रिया अगाडी बढाइने भएकोले कुनै पनि दरवन्दी र कर्मचारी आवश्यक नरहेको समेत जनाएको छ । प्रशासनबाट

Next Post

थपिए नेकपाको केन्द्रीय सदस्य

६ जेष्ठ २०७५, आईतवार १२:४०
सदरलाइनडटकम ६ जेष्ठ,नेपालगन्ज :  नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् । नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको […]