शिक्षक मृत्युको बिषयमा कोहलपुरमा तनाव

४ जेष्ठ २०७५, शुक्रबार ११:३३
 

सदरलाइनडटकम
४ जेठ, नेपालगन्ज  :  बुधबार दुर्घटना परी मृत्यु भएका शिक्षक ऋषिराम चापागाई घटनाको छानविन गरी परिवारलाई उचित क्षतिपुर्तिको माग शुक्रबार बिद्यार्थीहरु सडकमा उत्रिएपछि कोहलपुरको अवस्था तनावपुर्ण बनेको छ ।
बिद्यार्थीसंग झडप समेत भएको छ । केही बिद्यार्थीहरु पक्राउ परेका छन् भने केही घाइते भएका छन् । प्रहरीले अनेरास्ववियू बाँके क्षेत्र नं.१ का क्षेत्रीय सभापति सुमन घिमिरे, नेवि संघका कमल शाही, अखिल क्रान्तिकारीका राष्ट्रवादी विद्यार्थी संघका महामन्त्री विजय काफ्ले लगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्यार्थीहरुले क्षेतीपूर्तिको माग गर्दै नारा बाजी गर्दै पसल तथा गाडीहरु बन्द गराउदै हिडेको आन्दोलनमा उत्रिएका केही विद्यार्थीहरुलाई लाठी चार्ज गर्दै प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले कोहलपुर बजार क्षेत्र तनावग्रस्त बनेको छ कोहलपुर बजार क्षेत्रमा सम्भावित घटना घट्न नदिन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । यस्तै विद्यार्थी संगठनहरुले कोहलपुर नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु समेत बन्द गराएका छन ।


Next Post

सहमति पछि कोहलपुरको तनाव हट्यो

४ जेष्ठ २०७५, शुक्रबार ११:३३
सदरलाइनडटकम ४ ज्येष्ठ, नेपालगन्ज :  कोहलपुरमा गाडीको ठक्करबाट बुधबार मृत्यू भएका शिक्षक ऋषिराम चापागाईका आफन्त र पिडक पक्षबिच ४ बु“दे सहमती भएपछि तनाव अन्त्य भएको छ । शुक्रबार ४ बु“दे सहमती भएपछि परिवारले मृतक चापागाईको शवं बुझेका छन् । स्थानीय राजनितिक दल, स्थानीय जनप्रतिनिधी, प्रहरी र मृतकका आफन्त लगायतको उपस्थितमा […]