नेपालगन्जमा रमजानको तयारी तीब्र, शुक्रबारदेखि पहिलो रोजा

३ जेष्ठ २०७५, बिहीबार १८:५४
 

सदरलाइनडटकम
३ जेठ, नेपालगन्ज  : ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बाँकेका करिव डेढसय मस्जिदमा रमजानको तयारी तीब्र पारिएको छ । पाकिस्तानलगायत अरबी मुलुकमा बिहीबारदेखि नै रोजा सुरु गरिए पनि नेपाली मुस्लिमहरुले भने शुक्रबारबाट मात्र रोजा सुरु गर्ने भएका छन् ।
र्ईस्लामिक पात्रो (हिजरी)को अनुसार रमजान नवौं महिना हो । रमजानमा मुस्लिम समुदायले बिहीबार साँझ चन्द्रमा हेरेर शुक्रबार बिहानदेखि एक महिनासम्म अनिबार्यरुपले ‘रोजा’ अर्थात ब्रत बसेर पबित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्ने चलन छ यसलाई कुरानको ‘तरावी’ भनिन्छ ।
विहानको खाना ‘सेरी’ खाएपछि दिनभर निराहर ब्रत बस्ने चलनलाई रोजा बस्ने भनिन्छ । रोजा साँझ निश्चित समय पुरा भएपछि तोडिने गरिन्छ जसलाई ‘रोजाअफ्तार’ भनिन्छ ।
रमजान महिनामा बालबालिका, बृद्ध, सुत्केरी र विरामीलाई रोजा अनिवार्य छैन । अन्य हरेक मुस्लिम समुदाएका सदस्यहरुले रोजा बस्नै पर्ने प्रचलन रहेको मदरसा दारुलउलुम बरकातिया माविका प्रधानाध्यापक तथा धर्मगुरु मौलान जियाऊ मुस्तफा नूरानीले जानकारी दिए ।
साझँ सुर्य अस्ताएपछि सो ब्रत तोड्ने अर्थात इफ्तयार गर्ने र रामदानका अबसरका नमाज पढनुका साथै गरिव गुरुवालाई आफ्नो सम्पत्तिको केही हिस्सा दान गर्ने भएकोले पनि रमदानको महिनालाई दान धर्मको महिनाको रुपमा पनि मुस्लिम समुदायले लिने गरेको मौलाना जियाउल मुस्तफा नूरानीले जानकारी दिए ।
उनले भने–‘केहीले पाकिस्तानमा चन्द्रमा (चाँद) देखिएको कुरालाई आधार मानेर आज बिहिबारदेखि नै काठमाण्डौ तथा नेपालगन्जमा रोज बसेको जानकारीमा आएको छ । तर, हिजो बुधबार नेपालगन्जमा कही कसैले चाँद नदेखेको र हिजो २९ तारिख पनि भएकोले आज चाँद हेर्ने नदेखिए पनि भोली शुक्रबारदेखि रोजा बस्ने तयारी भएको छ ।’
एक महिनासम्म रोजा बसेर महिनाको अन्तिम दिनको अघिल्लो दिन चन्द्रमा हेरेर स्थानीय ईदगाहमा पुगेर सामुहिक नमाज पढेर ईद मनाउने चलन रहेको छ । रमजान पर्बको अबधिभर मुस्लिम समुदायमा झुृटो नबोल्ने, झै झगडा नगर्ने, दानधर्म गर्ने बिश्वास रहेको छ ।
यसैबीच दारुलउलुम फैजुनब्बी जामा मस्जिद ईदगाह सञ्चालक समितिका अध्यक्ष रहिश अहमद सिद्दिकीले बिहीबार साँझदेखि विभिन्न मस्जिदहरुमा तरावी पाठ सुरु गरि शुक्रबारदेखि रोजा बस्ने तयारी गरेको जानकारी दिए ।
उनले नेपालगन्जमा रहेका सय बढी मस्जिदहरुमा पवित्र धर्मग्रन्थ कुरानकोको पाठ गर्ने (तराबी) र शुक्रबार बिहानदेखि रमजानको रोजा बस्ने चलन रहेको बताए । उनले यतिबेला नेपालगन्जका सबै मस्जिदहरुको सरसफाई तथा अन्य तयारीको लागि जुटेको बताए ।


 

Next Post

नेपालगन्ज उपमहानगरको दोस्रो सभा सुरु

३ जेष्ठ २०७५, बिहीबार १८:५४
सदरलाइनडटकम ४  जेठ  नेपालगन्ज :  नेपालगन्ज उपमहानगरपालिकाको दोस्रो नगरसभा सुरु भएको छ । नगरसभाले बिभिन्न बिषयका प्रतिबेदन पारित गर्नुका साथै बजेटका बिषयमा ब्यापक छलफल गर्नेछ । बिस्तृत आउँदै…