उपमहानगरपालिकाको आफ्नै पोर्टल र मोबाइल एप्लीकेशन

२ जेष्ठ २०७५, बुधबार १६:५५
 

सदरलाइनडटकम
२ ज्येष्ठ, नेपालगन्ज : ¬ नेपालगञ्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा ल्याइएको छ । उपमहानगरपालिकाको समग्र सेवा प्रवाहमा नगरवासीको पहुँच, सहजता, पारदर्शीता र जवाफदेहिताका लागि सञ्चार प्रविधीको उपयोगीता र व्यापकता बढाइएको हो । नेपालगञ्जमा यो प्रविधि निर्माण र सेवा प्रवाहले स्मार्ट सिटीको प्राररम्भिक शुरुवात भएको पनि संकेत देखाएको छ ।
काठमाडौ लीभीङ ल्याव्सको प्राविधिक सहयोगमा निर्मीत वेभसाइड र एप्लीकेशनको आज नेपालगञ्जमा एक समारोहबीच उदघाटन गरेर शुभारम्भ गरिएको छ । यो सेवा नेपालकै दोस्रो शहरका रुपमा नेपालगञजमा शुरु गरिएको हो । यस अघि निलकण्ठ नगरपालिकामा मात्र सेवा शुरु छ । प्रदेश न ५ प्रदेश सभा सदस्य कृष्णा केसी, यूएस आइडीका एन्टी क्रप्सन र गुड गभरनेन्स विषयका वरिष्ठ सल्लाहकार भिक्टोरिया अयर, नगर प्रमुख डा धवल शम्शेर राणाले संयक्त रुपमा ल्यापटपमा क्लीक गरेर सेवा शुरु भएको उदघोष गरे । सभाषद केसीले प्रविधीलाई विकास र जनतासँग गासेर अघि बढनु अहिलकोे माग र आवश्यक्ता भएको उल्लेख गरे । जनताको विश्वासलाई अवसरका रुपमा लिन आहवान गर्दै सभा सदस्य केसीले नेपालगञ्जलाई समृद्ध शहर बनाउनु सबैको दायित्व भएको बताईन ।
अयरले सेवालाई सबैको पहुँचमा ल्याउन सबैको साथ हुनुपर्ने आवश्यक्ता औल्याउनु भयो । नगर प्रमुख राणाले सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन अनेकन चुनौती भएपनि कन्जुस्याई नगरिने स्पष्ट पारे । नगर उपप्रमुख उमा थापामगरले प्रविधीमैत्री सेवाले जनताको कामलाई सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त बताए ।

Next Post

एमाले—माओवादी एकिकरण भोली हुने सम्भावना

२ जेष्ठ २०७५, बुधबार १६:५५
सदरलाइनडटकम २ ज्येष्ठ, नेपालगन्ज :  नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्तामा एकता सहमति जुटेको हो । सम्भवत भोलि नै एकता घोषणा हुनेछ । एकीकरणअघि दुवै पार्टीका केन्द्रीय कमिटी […]