बाँकेमा एनसेलका दुई टावरमा अज्ञात समूहको आगजनी

३० बैशाख २०७५, आईतवार १९:३६
 

सदरलाइनडटकम  
३० बैशाख, कोहलपुर (बाँके)  : बाँकेका विभिन्न २ स्थानमा रहेका एनसेलका टावरमा शनिबार मध्यरातमा अज्ञात समुहले आगजनी गरेको छ ।
खजुरा गाउँपालिका मनकामनाचोक र बैजनाथ गाउँपालिका ६ जिगाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती १२ बजेको समयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए ।
एसपी तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटरमा पुर्ण क्षती पुगेको छ । मनकामना चोकको टावरमा शनिबार राती साढे १२ बजेतिर अज्ञात समुहले आगजनी गरेको थियो भने जिगाउँको टावरमा पौने १२ बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ ।
अज्ञात समुहले आगजनी गरे लगत्तै स्थानीयबासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । बैजानाथ गाउपालिका वडा नं.६ स्थित घटना स्थलबाट करिब ३ मिटर टाढाबाट प्रहरीले एक थान मोटर साइकल भे २ प ६३८ र एक थान साइकल प्रहरीले बरामद गरेको जनाएको छ ।
टावरका महत्वपूर्ण उपकरणहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुनैपनि समूहले घटनाको जिम्मा लिएको छैन । विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने बाँके प्रहरीले आंशका गरेको छ । घटनामा सग्लनहरुको खोजी कार्य जारी छ ।
बाँके प्रहरीले नेकपाका तीन जना कार्यकर्तालाई आईतबार पक्राउ गरेको छ । बन्द आह्वान गरेको दिन मै उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेकपाका केन्द्रीय सदस्य सकुल, बाँके बर्दिया इन्चार्ज लोकेश, केन्द्रीय सदस्य आयुषलाई बर्दिया जाने क्रममा पक्राउ गरेको हो ।

Next Post

अन्तरमावि फुटवल : मुनतारा, सगरमाथा र जिभिएन विजयी

३० बैशाख २०७५, आईतवार १९:३६
सदरलाइनडटकम   ३० बैशाख, नेपालगन्ज  : अन्तर विद्यालय मेयरकप छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्तरगत यु–१४ तर्फ आईतबार भएका खेलहरुमा मुनतारा, सगरमाथा र जिभिएन विजयी भएका छन् । आईतबार भएको पहिलो खेलमा मुनतारा बोर्डिङ स्कुलले प्रोटेस्टका आधारमा स्प्रिङडेललाई पराजीत गरेको हो । निर्धारित समयमा स्प्रिङडेलले तीन–दुई गोल अन्तर बनाए पनि टीममा (स्प्रिङडेलले) उमेर […]