कोहलपुरको विकासे काम तोकिएको मापदण्ड अनुसार भएको छैन् : उपमेयर चौधरी

२८ बैशाख २०७५, शुक्रबार ११:२१
 

सदरलाइनडटकम
२८ बैशाख, कोहलपुर (बाँके) : आर्थिक वर्षको अन्तिम दुई महिना बाँकी रहँदा बाँकेका विभिन्न स्थानीय तहमा विकासे योजनाका कामहरु तीब्र गतिमा सञ्चालनमा आउदा तोकिएको मापदण्ड अनुसार काम नभएको पाईको छ ।
कोहलपुर नगरपालिकाकी उप–मेयर सञ्जुकुमारी चौधरीले कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालनमा ल्याएको अधिकांश योजनाहरु तोकिएको मापदण्ड अनुसार काम नभएको अनुगमनका क्रममा पाईएको बताएकी छिन् ।
कोहलपुर नगरपालिकाको नगरस्तरिय योजना अनुगमन समिति संयोजक समेत रहेकी उपमेयर चौधरीको नेतृत्वमा रहेको अनुगमन समितिले नगरका विभिन्न वडाका योजनाहरुको अनुगमन गर्दा नगरपालिकाले तोकेको मापदण्ड अनुसार योजना सञ्चालन नभएको पाईएको हो ।
उनले कोहलपुर वडा नं. ८ को झण्डवा चोकदेखि शितलनगर चोकसम्मको ३ सय ५४ मिटर लामो पक्की सडकको अनुगमनका क्रममा कोहलपुर नगरापलिकाले तोकेका मापदण्ड अनुसार काम नभएको पाईएको बताईन । सो सडक २६ लाख ५१ हजार लागतमा सम्पन्न भएको थियो ।
उनले कोहलपुर नगरपालिकाको मापदण्ड अनुसार कोहलपुर–नेपालगन्ज सडकखण्डमा जोडिएका सडकहरु १२ मिटर चौडाई हुनुपर्नेमा सो सडक ८ मिटरमा मात्र सम्पन्न भएकोले भुक्तानीका लागि नगर कार्यपालिकाको निर्णयसहित आउन सुझाव दिएकी छिन् ।
त्यस्तै वडा नं. ९ को भवानीपुरमा करिब ७ सय मिटर लम्बाई रहेको सडकमा ग्राभिल गर्दा ४ मिटर हुनुपर्नेमा सो नभएकोले तत्काल सबै ठाउँमा ४ मिटर ग्राभेल गर्न अनुमगन समितिकी संयोजक चौधरीले निर्देशन दिएकी छन् ।
उनले भनिन–‘सडकमा ग्राभेल ४ मिटर हुनुपर्नेमा मापदण्ड अनुसारको ग्राभेल नभएकाले भुक्तानी गर्न सकिदैन सम्झौता अनुसार नै काम गरेर मात्र भुक्तानी दिईने छ ।’ कोहलपुुर नगरपालिकाले ७ सय मिटर सडकमा ग्राभेलका लागि १२ लाख बजेट छुट््याएको बताईएको छ ।
त्यस्तै कोहलपुर वडा नं. १२ को निवुवाचोक खड्कवार हुँदै घुईयावारी सम्मको ४ सय ३२ मिटर लम्बाईको सडक पक्कि गर्दा धुलो राम्रोसँग सफाई नगरेको अनुगमका क्रममा पाईएको छ । ‘पक्कि गर्नु भन्दा पहिला राम्रोसँग धुलोलाई सफा गर्नुपर्ने हो, तर यहाँ गरेको पाईएन’–उनले भनिन्–‘यो सडक त एक वर्ष भित्रै खाल्डाखुल्डीमा परिणत हुन्छ, धुलो नै सफा नगरी पक्कि हुन नसक्ने भएकाले यो सडक पक्कि गर्ने जिम्मेवारी लिएका निर्माण कम्पनीसँग छलफल गरेर मात्र भुक्तानी दिनुपर्छ ।’
यसैबीच कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रेशम खत्रीले नगरपालिकाको मापदण्ड १२ मिटर भए पनि स्थानीय जनताले ८ मिटरसम्म मात्र हुनुपर्ने भन्दै दवाव दिएको कारण अर्कोतिर १२ मिटर सडकको नक्सामा नभएले ८ मिटर बनाउन बाध्य भएको बताए ।  

Next Post

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा, ओलीद्धारा स्वागत

२८ बैशाख २०७५, शुक्रबार ११:२१
सदरलाइनडटकम २८ बैशाख, नेपालगन्ज :  नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरेका छन् । मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता, पाइजामा र ढाका टोपी लगाएर शुक्रबार बिहानै जनकपुर पुगेका थिए । मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए । […]