बिजोग क्षेत्रीय अस्पताल

२५ बैशाख २०७५, मंगलवार १७:५४
 


सदरलाइनडटकम
२५ बैशाख, नेपालगन्ज :  सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल करिब १२ वर्ष अघिसम्म जिल्ला अस्पतालका रूपमा सञ्चालन भैरहेको थियो । साविकको मध्यपश्चिम क्षेत्रका नागरिकलाई विशेषज्ञसहितको सेवा दिने गरी अस्पतालको विकास गर्ने योजनासहित २०६२ सालतिर यसलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा नामाकरण गरिएको थियो ।
नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको अस्पतालको अघि क्षेत्रीय थियो तर सेवासुविधा जिल्ला अस्पतालको जति पनि थिएन । पछिल्लो एक वर्षमा भौतिक रूपमा अस्पतालको मुहार फेरिन थाले पनि दरबन्दी अनुसारको विशेषज्ञ सेवा भने छैन ।
सुरूमा ५० शय्याको स्वीकृति पाएको अस्पतालले अहिले ११५ शय्याबाट सेवा प्रवाह गर्दै आएको छ। अस्पतालको लक्ष्य ३५० शय्या पु¥याउने योजना छ । भौतिक रूपमा अस्पताल अब्बल देखिँदै आएपनि जनशक्ति अभावका कारण अस्पतालको विशेषज्ञ सेवा भने भरपर्दो छैन ।
मध्यपपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २४ जना विशेषज्ञ चिकित्सकहरूको दरबन्दी भएता पनि ७ जना विशेषज्ञ चिकित्सक मात्र छन ्। त्यसमा पनि दुईजना करार सेवामा रहेका छन् । जसले गर्दा सेवा प्रभावित भइरहेको छ । अस्पतालले दिने स्त्री रोग, फिजिसियनसम्बन्धी सेवा, छाला रोग, मानसिक रोग, अपरेशनलगायतका सेवामा समस्या आउने गरेको अस्पतालका मेडिकल रेकर्डर विनोद बस्नेतले बताए ।


सेतोपाटीबाट

Next Post

राप्तीसोनारीमा विकासे कामले तीब्रता लिदै

२५ बैशाख २०७५, मंगलवार १७:५४
सदरलाइनडटकम २५ बैशाख, राप्तीसोनारी (बाँके) : आर्थिक वर्षको अन्तिम तीन महिना बाँकी रहँदा बाँकेका विभिन्न स्थानीय तहमा धमाधम विकास निर्माणको कामले तीब्रता लिएको छ । यसक्रममा बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ८ मा ८ सय १० मिटर सडक कालोपत्रे निर्माण सुरु गरिएको गाउपालिकाले जनाएको छ । मंगलबार एक कार्यक्रमका बीचमा […]