प्रहरीलाई पानी बितरण

२५ बैशाख २०७५, मंगलवार ११:४८
 


सदरलाइनडटकम
२५ बैशाख, नेपालगन्ज :  प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाको समन्वय र पानी उद्योग संघ बाँकेको सहयोगमा मंगलबारदेखि नेपालगन्जमा रहेका प्रहरी बिटहरुमा पानीको जार बितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर लगायतको उपस्थितीमा पानीको जार बितरण गरिएको छ ।
नेपालगन्जका १६ स्थानमा पानीको जार व्इवस्थापन गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख राजन गौतमले
बताए । यसअघि नेपालगन्जमा प्रहरी र सर्वसाधारण समेतलाई पानीको व्यवस्था थिएन ।
उपमेयर उमा थापामगर, जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङ्ग, जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङ्ग, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख गौतम, पानी उद्योग संघका अध्यक्ष बिनय श्रेष्ठ, तरुण दल बा“केका सह—सचिव बिमल चन्दले समन्वय गरी पानीको व्यवस्थापन गरिएको हो ।

Next Post

बिजोग क्षेत्रीय अस्पताल

२५ बैशाख २०७५, मंगलवार ११:४८
सदरलाइनडटकम २५ बैशाख, नेपालगन्ज :  सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल करिब १२ वर्ष अघिसम्म जिल्ला अस्पतालका रूपमा सञ्चालन भैरहेको थियो । साविकको मध्यपश्चिम क्षेत्रका नागरिकलाई विशेषज्ञसहितको सेवा दिने गरी अस्पतालको विकास गर्ने योजनासहित २०६२ सालतिर यसलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा नामाकरण गरिएको थियो । नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा […]