सदरलाइन सडक विस्तार : अदालतको आदेशपछि संरचना भत्काउन शुरु

२१ बैशाख २०७५, शुक्रबार २०:५२
 

सदरलाइनडटकम
२१ बैशाख, नेपालगन्ज  : उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलाशले सदरलाइन सडक निर्माण कार्यलाई निरन्तरता दिन आदेश दिएको दोस्रोदिन नेपालगन्जको मुख्य बजार सदरलाइन सडक किनारका संरचना हटाउन शुरु गरिएको छ ।
सदरलाइन सडक निर्माण तथा विस्तार कार्यलाई तीव्रता दिन नेपालगन्ज उप–महानगरपालिकाले शुक्रबारदेखि सडक किनारका सम्पूर्ण संरचना भत्काउन शुरु गरेको हो ।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलाशले सदरलाइन सडक निर्माण कार्यलाई निरन्तरता दिनको लागि बिहिबारमा आदेश दिएको थियो । सो आदेसको कार्यावयनको लागि दोस्रो दिनदेखि नै उप–महानगरपालिकाले डोजर लगाएर सडक किनारका सडकपेटी, वराण्डा, सीढीं, पर्खाल लगायतका अवरोधहरु किनारा लगाएको हो ।
सदरलाइनका घरधनी पार्वती देवी तमोली सहितका १४ जनाले नेपालगन्ज उप–महानगरपालिका, शहरी विकास परियोजना, नेपालगन्ज उद्योग वाणिज्य संघलाई विपक्षी बनाई मुद्धा दायर गरे पनि अदालतले निर्माण कार्य रोक्न नपर्ने गरि आदेश दिएको थियो ।
त्रिवेणीमोडदेखि नगर भवनसम्मको १४ मिटर चौडा सडक खाली गर्न गराउन सूचीत गरिए पनि घरधनीले अटेर गरेपछि उप–महानगरपालिका बाध्य भएर संरचना हटाउन कस्सीएको मेयर डा. धवल शम्शेर राणाले बताए ।
जिल्ला प्रशासन कार्यालय अगाडिबाट शुरु गरिएको सडक अवरोध संरचना भत्काउने कार्य त्रिभुवन चौकसम्म पुग्ने छ । निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न शुक्रबारबाट थप तदारुकता देखाइएको उप–महानगरले जनाएको छ ।
सडक किनारका संरचना डोजरमार्फत भत्काइदा नगर प्रमुख डा राणा, उपप्रमुख उमा थापामगर, आयोजनाका इन्जिनियर शैलेन्द्र महर्जन, वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । सडक खाली गराउने अभियानमा स्थानीयको पनि साथ र हौसला देखिएको थियो ।
नगर उपप्रमुख उमा थापामगरले सडकमापदण्ड अनुसार नै संरचना हटाएर निर्माण कार्यलाई अघि बढाईने बताउँदै सबैको साथ र सहयोगको आवश्यक्ता औल्याईन ।


 

Next Post

संघिय समाजबादी फोरमको केन्द्रीय सचिवमा सांसद तथा पूर्व मन्त्री राई चयन

२१ बैशाख २०७५, शुक्रबार २०:५२
सदरलाइनडटकम  २१ बैशाख, काठमाण्डौ  : संघिय समाजबादी फोरम नेपालको केन्द्रीय सचिवमा बाँके निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मो.ईस्तियाक राई चयन भएका छन् । काठमाण्डौमा संघिय समाजबादी फोरमको हालै बसेको केन्द्रीय समितिको बैठकले सांसद तथा पूर्व मन्त्री समेत रहेका राईलाई केन्द्रीय सचिवमा चयन गरेको उनको सचिवालयले जनाएको […]