बाँकेमा सिण्डिकेट पक्षधर समितिका छ जना पक्राउ

२१ बैशाख २०७५, शुक्रबार १७:३६
 

सदरलाइनडटकम
२१ बैशाख, नेपालगन्ज :  बाँकेमा सिण्डिकेट पक्षधर समितिका छ जना पक्राउ परेका छन । उनीहरुलाइ सार्वजनिक यातायातको साधन अवरुद्ध गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार दुई यातायात व्यवसायी समितिका पदाधिकारी र कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

यसरी पक्राउ पर्नेमा ४ जना सनराईज यातायात समितिका २ जना छन् भने सार्वजनिक भेरी यातायात समितिका २ जना रहेका छन भने दुइ जना कर्मचारी हुन ।


सनराईजका उपाध्यक्ष प्रविन विसी, महासचिव रमेश शाह, कर्मचारीद्वय नवराज शर्मा र होमबहादुर खड्का तथा भेरीका सचिव रमेश बहादुर खत्री र कर्मचारी दीपक बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिए ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । उनीहरुलाई आ—आफ्नो कार्यालयबाट पक्राउ गरेको जनाइएको छ । सनराईजका उपाध्यक्ष बिसीले आफुहरु पक्राउ परेको जानकारी दिएका छन् ।

Next Post

चाचाजी’को नागरिक अभिनन्दनको तयारी तिब्र

२१ बैशाख २०७५, शुक्रबार १७:३६
सदरलाइनडटकम २१ बैशाख, बाँके :  प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’को नेपालगन्जमा गर्न लागिएको नागरिक अभिनन्दनलाई भव्य बनाउनुपर्ने पत्रकारका विभिन्न संघ, संगठनले सुझाव दिएका छन् । आगामी जेठ १८ गते चाचाजीको नागरिक अभिनन्दन नेपालगन्जमा भब्य रुपले गरिदैछ । उक्त कार्यक्रमको संयोजन गरिरहेको नेपाल प्रेस युनियन बांकेले शुक्रबार नेपालगन्जमा गरेको छुट्टा–छुट्टै […]