प्रधानमन्त्री ‘जिफन्ट’ पदाधिकारी भेटघाट, मासिक र दैनिक ज्यालामा वृद्धि गर्न माग

२० बैशाख २०७५, बिहीबार १७:२७
 

सदरलाइनडटकम  
२० बैशाख, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा श्रमजिवी वर्गका लागि अनकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने प्रवन्ध भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्वोधन गर्दै प्रधानमन्त्रीले श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको बताए ।
भेटघाटको सुरुवातमा दुई दिनअघि मात्र जिम्मेवारी सम्हालेका अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा अभिवृद्धि गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका थिए । उनले सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको प्रभावकारी सुरुवात हुनु पर्नेमा जोड दिए ।
जिफन्ट अध्यक्ष श्रेष्ठको प्रस्तुतिपछि प्रधानमन्त्रीले भने–‘हामी राष्ट्र निर्माणको महा अभियानमा छौं । कसो गर्दा सामाजिक सुरक्षा कायम हुन्छ, कसो गर्दा सामाजिक सुसम्बन्ध वलियो हुन्छ, कसरी उत्पादनमा वृध्दि हुन्छ, कसो गर्दा उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ र शोषण अनि अन्याय हुँदैन, त्यसै गर्न वर्तमान सरकार कटिवद्ध छ ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार श्रमजिवी वर्गसँग घनिष्ट सम्बन्ध रहेकै कारण न्यायोचित र उत्पादन मूलक बाटोमा अग्रसर भएको दाबी गरे । प्रधानमन्त्रीले जिफन्टका नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई तथा शुभकामना ज्ञापन गरे । सो अवसरमा अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीका प्रमूख सल्लाहकार एवं जिफन्टका निर्वतमान अध्यक्ष विष्णु रिमाल जिफन्टका संरक्षक रहेको जानकारी गराएका थिए ।

Next Post

बाँकेको खजुरा–१ मा वडास्तरीय बालक्लब सञ्जाल

२० बैशाख २०७५, बिहीबार १७:२७
सदरलाइनडटकम २० बैशाख, खजुरा (बाँके) :  बाँकेको खजूरा गाउँपालिका–१ राधापुरमा वडास्तरिय बालक्लब सञ्जाल गठन गरिएको छ । राधापुरका साविक ९ वटा वडाको ८ वटा टोलमा टोलस्तरीय बालक्लब गठन गरिसकेपछि वडास्तरीय बालक्लब सञ्जाल गठन गरिएको हो । वडा अध्यक्ष सुमन मल्लको प्रमुख आतिथ्यतामा ८ वटै टोलको संयुक्त भेलाले सुशील गुरुङको अध्यक्षतामा […]