नरैनापुरको जमुनीमा आगलागी, १६ घर जलेर नष्ट

१९ बैशाख २०७५, बुधबार १७:५५
 

सदरलाइनडटकम
१९ बैशाख, नेपालगन्ज :  बाँकेको नरैनापुर गाउँपालिकामा आगलागी भएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित जमुनी गाउँमा बुधवार मध्यान्हतिर भएको आगलागीबाट १६ वटा घर जलेर नष्ट भएका छन् । १३ वटा घर पूर्णरुपमा र ३ घर आंशिक रुपमा जलेका ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरिक्षक राम अवतार चौधरीले जानकारी दिएका छन् ।
बच्चाबच्चीले आगो खेलाउने क्रममा भुसमा सल्किएको आगोबाट आगलागी भएको थियो । स्थानीय पेशकार यादब र बुद्ध धोबीको घरबाट आगलागी शुरु भएको चौधरीले बताए । खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, गरगहना सबै जलेर नष्ट भएको स्थानीयले बताएका छन् । बर्षाती धोबीले आफ्नो घरमा राखेको २ लाख भारतीय रुपैयाँ समेत जलेको बताए । आगलागीमा परी एउटा राँगा मरेको र एउटा घाइते भएको बताइएको
छ । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
आगलागीपछिको अवस्था अनुगमन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आगलागीबाट ठूलो क्षति भएको बताए । ‘लाखौंको क्षति भएको छ, क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ, भोलि पीडितहरुलाई राहत स्वरुप ५० किलो चामल, ५ किलो दाल, १ किलो नुन र १ लिटर तेलका साथै प्रति परिवार २ हजार रुपैयाँ वितरण गर्छौं,’अध्यक्ष शाहले भने । फुसले छाएका र नजिक नजिक घर भएका कारणले गर्मीयाममा नरैनापुर क्षेत्रमा हरेक बर्ष आगलागी हुने गरेको छ ।

Next Post

बालबालिका लैजान आग्रह

१९ बैशाख २०७५, बुधबार १७:५५
सदरलाइनडटकम १९ बैशाख, नेपालगन्ज :  जिल्ला बाल कल्याण समिति बाँकेको संरक्षणमा रहेका बालबालिकाहरु लैजान सम्बन्धित अभिभावकहरुलाई आग्रह गरिएको छ । दुई जना बालबालिका अहिले जिल्ला बाल कल्याण समितिको संरक्षणमा रहेका छन् । बालकल्याण अधिकारी शोभा शाहले सार्वजनिक सूचना जारी गरी बालबालिका लगिदिन सम्बन्धित अभिभावकसंग आग्रह गरेको जानकारी दिइन । कोही […]