वडास्तरिय रात्रीकालिन कबड्डी हुँदै

१८ बैशाख २०७५, मंगलवार १७:५३
 

सदरलाइनडटकम
१८ बैशाख, नेपालगन्ज  : गर्मी चढ्दै गर्दा पछिल्लो समय नेपालगन्ज खेलमय हुन थालेको छ । प्रथम उप–महानगरस्तरीय मेयरकप कबड्डी प्रतियोगिता सम्पन्न हुन नपाउदै पुनः वडा स्तरिय वडाकप खुल्ला रात्रकालिन कबड्डी प्रतियोगिता हुने भएको छ ।
आगामि बैशाख २५ गतेदेखि सञ्चालन हुने गरी नेपालगन्ज उप–महानगर वडा नं. ३ ले खुल्ला वडास्तरिय कवड्डी प्रतियोगिता आयोजना गर्ने भएको हो । सो प्रतियोगितामा देशभरका नेपाली नागरिकले भाग लिन सक्ने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा खेल नकआउट सिस्टममा हुने जानकारी गराएको छ । खेलमा सहभागि हुने टिमले ५ हजार टिम दर्ता शुल्क राखिएको आयोजकले जानकारी गराएको छ ।
अहिलेको युवा अवस्थामा उनीहरुको क्षमतालाई वृद्धि गर्न, कबड्डीमा युवा आर्कषण बढाउन, कबड्डीलाई निरन्तरता दिन र राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नको लागि रात्रीकालिन कबड्डी प्रतियोगिता आयोजना गरेको नेपालगन्ज उप–महानगरपालिकाका वडा न ३ का अध्यक्ष मोहम्मद आयुव सिद्दिकीले जानकारी दिए । उनले खेलमा ४ लाखसम्म खर्च हुने अनुमान रहेको जानकारी गराए । जसमा नेपालगन्ज उप–महानगरपालिकाले १ लाख सहयोग गरेको छ भने अरु प्रयोजन आफै खोज्ने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
खुल्ला वडास्तरीय वडाकप रात्रकालिन कबड्डी प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई २६ हजार, बेस्ट प्लेयरलाई ५ हजार र राईजिग प्लेयरलाई ५ हजार नगदको व्यवस्था गरेको समेत वडा अध्यक्ष सिद्दिकीले जानकारी दिए । कबड्डी प्रतियोगितामा सहज र सुरक्षा प्रदान गर्नको लागि सिसि क्यामराको जडान समेत गर्ने आयोजकले जनाएको छ ।

Next Post

सूचना प्रविधि दिवश : गाउँसम्म पु¥याउन जोड

१८ बैशाख २०७५, मंगलवार १७:५३
सदरलाइनडटकम १९ बैशाख, नेपालगन्ज :  बाँके लगायत देशभर बुधवार सूचना प्रविधि दिवश बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवशमा बोल्ने बक्ताहरुले सूचना प्रविधिको उच्चतम् विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले स्थानीय सरकारलाई यस बिषयमा ध्यानार्कषण समेत गराएका छन् । यसै दिवशको अवसरमा नेपालगन्जमा आयोजना गरिएको प्रभातफेरीमा बोल्दै कम्प्युटर एशोसियन […]