भेरी बबई बहुउदेश्य आयोजनामा तालबन्दी

१८ बैशाख २०७५, मंगलवार १६:५१
 


सदरलाइनडटकम
१८ बैशाख, नेपालगन्ज : राष्ट्रिय गौरवको आयोजनाभित्र पर्ने भेरी बबई बहुउदेश्य आयोजनाको कार्यालयमा मंगलबार तालाबन्दी गरिएको छ । प्रभावित क्षेत्रको विकास र कामदारहरुको सुविधाको बिषयलाई लिएर तालबन्दी गरिएको हो । आयोजना सुरु हुनुपूर्व आयोजना प्रभावित क्षेत्र सुर्खेत भेरीगंगा—५ को हात्तीखाल र गेरवानी गाउँका सर्बसाधारण र आयोजनामा कार्यरत कर्मचारीहरुले तालाबन्दी गरेका हुन ।
आयोजनास्थलको मुल गेटमै ताला लगाएका छन् । ‘आयोजना निर्माण हुनुपूर्व स्थानीयस्तरको विकासमा थुप्रै प्रतिवद्धाताहरु आए । तर काम एकचौथाई सकिदा समेत ती कामहरु सक्न र सुरु गर्न कुनै चासो दिइएन ।’— सरोकार समिति अध्यक्ष नबिन सारुले भने,—‘यस बिषयमा जानकारी गराउदा समेत कार्यालय प्रमुखले कुनै चासो दिनुभएन ।’ सारुले स्थानीयस्तरमा लिफ्ट सिंचाई आयोजना निर्माण र बिद्यालयहरुको सुधारको काम राखिएको छ ।
यस्तै उक्त आयोजनाको मजदुर युनियनका अध्यक्ष प्रेम महतराले चिनिया र नेपाली कामहरुबीच ठुलो खाडल रहेको भन्दै त्यस्तो अन्त्य गरिनुपर्ने लगायतका मागहरु अघि सारिएको बताए ।

Next Post

वडास्तरिय रात्रीकालिन कबड्डी हुँदै

१८ बैशाख २०७५, मंगलवार १६:५१
सदरलाइनडटकम १८ बैशाख, नेपालगन्ज  : गर्मी चढ्दै गर्दा पछिल्लो समय नेपालगन्ज खेलमय हुन थालेको छ । प्रथम उप–महानगरस्तरीय मेयरकप कबड्डी प्रतियोगिता सम्पन्न हुन नपाउदै पुनः वडा स्तरिय वडाकप खुल्ला रात्रकालिन कबड्डी प्रतियोगिता हुने भएको छ । आगामि बैशाख २५ गतेदेखि सञ्चालन हुने गरी नेपालगन्ज उप–महानगर वडा नं. ३ ले खुल्ला वडास्तरिय […]