खजुरामा कवड्ी प्रतियोगिता शुरु

१७ बैशाख २०७५, सोमबार १९:१६
 


सदरलाइनडटकम
१७ बैशाख, नेपालगन्ज :  बाँकेको खजुरामा विद्यालय स्तरिय छात्रा कवडी प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको सहयोग तथा ज्ञानोदय उच्च माविको आयोजनामा भएको प्रतियोगितामा ६ विद्यालयको सहभागिता रहेको छ ।
सोमवार भएको पहिलो खेलमा ईश्वरी मावि एफ गाँउले सनविम मावि नेपालगन्जलाई पराजित गरेको छ भने दोस्रो खेलमा भुपू मावि सैनिकले अम्मर मावि गौतमबस्ती सितपुर २ लाई पराजित गरेको छ । कार्यक्रममा प्रमुख अतिथि मध्यपश्चिम खेलकुद विकास समिसितका अध्यक्ष भिम ओली,खजुरा गाउँ पलिका प्रमुख किस्मत कुमार कक्षपती जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष आंतक बस्नेत लगायतको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका सदस्य सुमन बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिता मंगलवार सम्म संन्चालन हुनेछ ।

Next Post

असिना पानीको कारण वर्षा रिसाईक्लिन उद्योगमा अढाई करोड बढीको क्षति

१७ बैशाख २०७५, सोमबार १९:१६
सदरलाइनडटकम १७ बैशाख, नेपालगन्ज : आईतबार साँझ आएको हावा हुरीसंगैको असिनाले बाँकेको वर्षा रिसाईक्लिन ईण्डस्ट्रिज प्राईभेट लिमिटेड पार्वतीपुरले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । साँझ करिव ६ बजेतिर आएको हावाहुरी असिना र पानीका कारणले नेपालगन्ज–कोहलपुर सडकखण्डको पार्वतीपुरमा रहेको वर्षा रिसाईक्लिन ईण्डष्टिले करिव अढाई करोड बराबरको क्षति व्यहोर्नु परेको ईण्डष्ट्रिजका सञ्चालक […]