असिना पानीको कारण वर्षा रिसाईक्लिन उद्योगमा अढाई करोड बढीको क्षति

१७ बैशाख २०७५, सोमबार १९:३५
 

सदरलाइनडटकम
१७ बैशाख, नेपालगन्ज : आईतबार साँझ आएको हावा हुरीसंगैको असिनाले बाँकेको वर्षा रिसाईक्लिन ईण्डस्ट्रिज प्राईभेट लिमिटेड पार्वतीपुरले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।
साँझ करिव ६ बजेतिर आएको हावाहुरी असिना र पानीका कारणले नेपालगन्ज–कोहलपुर सडकखण्डको पार्वतीपुरमा रहेको वर्षा रिसाईक्लिन ईण्डष्टिले करिव अढाई करोड बराबरको क्षति व्यहोर्नु परेको ईण्डष्ट्रिजका सञ्चालक कन्हैयालाल बैद्यले जानकारी दिए ।
असिनाको कारण कारखानाको पुरै छाना चाल्नो जस्तो भएर प्वाल परेको र असिना पछि परेको पानीका कारण कारखाना करिव ३ महिना सञ्चालन नै हुन नसक्ने अवस्थामा पुगेको उनले बताए ।
उनले भने–‘ कारखानाको सबै छाना करिव १ लाख २५ हजार स्क्वायर फिटको छ । सबै छाना अस्वेस्टस सिट (सिमेन्टको टायल)ले छाएको थियो जुन सबै फुटेर पानी पस्दा करोडौको क्षति पुगेको छ ।’ उनले असिनाले छाना फोडेको र त्यसपछि परेको पानीले विभिन्न युनिटमा रहेका मेसिनरी पार्टस, तयारी सामान, प्याकेजिङ्ग मेटेरियल, केमिकल र कच्चा पदार्थ ड्यामेज भएको बताए ।
उनले भने–‘कारखाना भित्र पस्दा सेडको छाना पुरै चाल्ना जस्तै देएिको छ । ईलेक्ट्रिक तथा हाईड्रोलिक मेसिनमा पानी पसेर पुरै सर्ट भएको छ । पुरा फेज कारखाना सञ्चालनमा आउन कम्तिमा पनि २ देखि ३ महिना लाग्छ ।’ असिना संगै आएको पानीका कारण उत्पादन भएर बजारमा पठाउनको लागि तयारी अवस्थामा रहेको अल्मुनियम र तामाका सामाग्री पनि विग्रिएको र पुन सबै प्रोसेसिङ्ग गर्नु पर्ने अवस्था आएको ईण्डस्ट्रिजका आरके जैनले जानकारी दिए ।
उनले भने–‘ सबै युनिटमा पानी पसेर मेसिन संगै उत्पादन भएका सामान पनि विग्रिएको छ । उत्पादन गरेर पोलिसिङ्ग गरी बजार पठाउने तयारीमा रहेका प्रेसर कुकर, गाग्रीलगायतका उत्पादन सबै पानीका कारण कालो भएको छ ।’
उनले कारखानाको सबै छाना फेर्न पर्ने अवस्था आएको र पानीका कारण सर्टभएका मसिनहरुको चेकजाँच साथै विद्युतको लागि ईलेक्ट्रिक प्यानल, फिटिङ्ग मेसिन पनि पुरै मर्मत गर्नु पर्ने अवस्थामा रहेकोकारणले पनि कारखानाले लामो समयसम्म उत्पादन गर्न असंभव हुने बताए ।
करिव १ सय ५० मजदुर कार्यरत रहेको सो कारखाना पुरा मर्मत पछिमात्र सञ्चालनमा आउनसक्ने भएकोले प्रारम्भिक अनुमान अनुसार करिब अढाई करोडको क्षति भएको हुनसक्ने सञ्चालक बैद्यले बताए ।   


 

Next Post

मजदुर दिवश :  नेतालाई आसन र भाषणमै सिमित

१७ बैशाख २०७५, सोमबार १९:३५
सदरलाइनडटकम १८ बैशाख, नेपालगन्ज : नेताले ठुला—ठुला कुरा सहितका भाषण गर्ने अनि मजदुरले जतिसुकै पट्यार लागे पनि सुन्नैपर्ने दिनका रुपमा परिणत भएको छ, अन्र्तराष्ट्रिय मजदुर दिवश । मजदुरको हकहितका सन्र्दभमा मनाइने मजदुर दिवश आसन र भाषणमै सिमित भएको छ । आज मंगलबार पनि बिश्वभर १२९ औं मजदुर दिवश भब्यताका साथ […]