डुडुवामा असिनाले पुर्याएको क्षतिको गाउँपालिकाद्वारा अनुगमन

१७ बैशाख २०७५, सोमबार १९:०३
 

सदरलाइनडटकम
१७ बैशाख, नेपालगन्ज : आईतबार साँझ आएको हावाहुरी र असिनाले बाँके डुडुवा गाउँपालिकाका धेरै घरमा क्षति पुगेको छ, भने नागरिक घाईते भएका छन ।
आईतबार साँझ परेको असिनाले डुडुवा गाउँपालिकाका धेरै घरको टायल र खफडा फुटाएको छ । हावाहुरीसंगै आएको असिनाले घरमाथी छाएको टायल फुटाएर क्षति बनाएको हो । टायल फुटेपछि पानी पसेर घरभित्र रहेको अन्नपात, कपडा लत्तामा क्षति पुर्याएको पीडितले बताएका छन ।
किसानले लगाएको तरकारी बाली र गहुमा समेत असिनाले क्षति पुरयाएको छ । असिनाले लाखौं मुल्य बराबरको क्षति बनाएको छ, भने दर्जन बढी मानिसलाई सामान्य घाइते बनाएको छ ।
वडा नं. ५ का भागीराम खडका, गोरीदेवी चलाउने, पहरु थारु, जसवीर सुनार, गोपाल सुनार, परमल दमाई लगायत सो वडाका अधिकांश घरमाथीको टायल र खपडा फुटाएको छ । ‘हिजो त जसोतसो काटियो अव फेरी पानी परेमा घरभित्र बस्न सक्ने अवस्थाछैन’–अनुगमनको लागि पुगेको गाउपालिको टोलीलाई एकै स्वरमा पीडितले भने ।
आईतबार सांँझ एक्कासी हावाहुरीसंगै आएको असिनाले यो अहिलेसम्मकै पहिलो तथा आश्चर्य नै पारेको ८२ बर्षिय टिकाराम दमाईले बताए । अर्का स्थानीय दण्डबीर दमाईले असिनाले घरको छाना फुटाएर बरबाद बनाएको दुखेसो पोख्दै गर्मीको मौसममा घरको छाना व्यवस्थापन गर्न समस्या भएको बताए ।
डुडुवा गाउँपालिकाको वार्ड नंं १ होलिया, २ बेतहानी, ३ बनकट्टी, ४ कम्दी र ६ हिरिमिनियामा रहेका केही टायलको छानामाथी क्षति पुरयाएको छ, भने किसानहरुले लगाएका विभिन्न तरकारी बाली, मकै, गहुलाई समेत क्षति पुरयाएको किसानहरु बताउछन ।
गाउँपालिकाको सम्पुर्ण क्षति विवरण केही दिनभित्र संकलन गरिने जनाइएको छ । असिनाले पुरयाएको क्षतिका बारेमा गाउँपालिकाले सोमबार स्थलगत अनुगमन गरेको छ ।डुडुवा गाउँपालिका वार्ड नं. ५ मा रहेका घरहरुमा असिनाले पुरयाएको क्षतिबारे अध्यक्ष नरेन्द्र कुमार चौधरी नेतृत्वको टोलीले क्षतिबारे जानकारी लिएको हो । त्यसक्रममा स्थानीयले आफ्नो घरमा भएको क्षतिबारे अध्यक्ष चौधरीलाई जानकारी गराउदै राहतका लागि माग गरेका थिए ।
सो अवसरमा अध्यक्ष चौधरीले गाउँपालिका भरि एकैनासको क्षति भएकाले सम्पुर्ण क्षतिबारे पहिला तथ्याक संकलन गरि राहतका लागि सम्वन्धित निकायहरुमा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता गर्दै गाउँपालिकाले गर्न सक्ने सहयोगका बारेमा छलफल गर्ने बताए । अनुगमन टोलीले वार्ड नंं ५ का विभिन्न टोलका घरघरमा पुगेर क्षतिको अवलोकन गरेको थियो । अनुगमन टोलीमा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष प्रशुराम बुढाथोकी, वडासदस्य, पत्रकार, स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।


   

Next Post

खजुरामा कवड्ी प्रतियोगिता शुरु

१७ बैशाख २०७५, सोमबार १९:०३
सदरलाइनडटकम १७ बैशाख, नेपालगन्ज :  बाँकेको खजुरामा विद्यालय स्तरिय छात्रा कवडी प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको सहयोग तथा ज्ञानोदय उच्च माविको आयोजनामा भएको प्रतियोगितामा ६ विद्यालयको सहभागिता रहेको छ । सोमवार भएको पहिलो खेलमा ईश्वरी मावि एफ गाँउले सनविम मावि नेपालगन्जलाई पराजित गरेको छ भने दोस्रो […]