आईजीपिलाई दुःखेसो सुनाउने प्रहरी जवान कुटिए

१७ बैशाख २०७५, सोमबार १७:०९
 

सदरलाइनडटकम
१७ बैशाख, कैलाली :  फाँटमा बस्न पाउनु पर्ने माग गर्दै प्रहरी महानिरीक्षक (आईजीपी)लाई निवेदन दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्र बहादुर चन्दलाई डिएसपी वीर बहादुर बुढामगरले कुटपिट गरेका हुन् । तर, डिएसपी बुढामगरले कुटपिट गरेको अस्वीर गरेका छन् । उनले चन्दलाई प्रहरीको आचरण विपरीत काम गरेको भन्दै सम्झाएको तर कुटपिट नगरेको दाबी गरेका छन् ।
चन्दले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनुपर्ने माग गर्दै बैशाख ११ गते आईजीपीलाई निवेदन पठाएका थिए । आईजीपीलाई निवेदन दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक (डिएसपी) बुढामगरले कुटपिट गरेको चन्दले आरोप लगाएका
छन् । चन्दको अहिले अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको
छ । कानमा दुई थप्पड हानेको र लात्ति हान्दै कुटपिट गरेको चन्दले गुनासो गरेका छन् ।
आईजीपीलाई गुनासो गरेको भन्दै चन्दमाथि विभागीय कारवाहीको तयारी भईरहेको प्रहरी स्रोतले बताएको छ । पत्रमा चन्दले आफू फाँटमा काम गर्न योग्य रहेको उल्लेख गरेका थिए । यस्तै चन्दले पत्रमा पहुँच हुनेले प्रहरी जवानले मात्रै फाँटमा काम गर्ने पाउने अन्यले फिल्डमा खट्नुपर्ने बाध्यता रहेको उल्लेख गरेका थिए ।
चन्दले आफूले स्नातक पास गरि माध्यामिक तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको, एलएलबी तेस्रो वर्षमा पढिरहेको, प्रहरीमा र्भना हुनुअघि लेखनदास काम गरेको, स्कुलमा लेखापालको काम गरेको, ६ महिने कम्युटर कोर्ष पूरा गरेको, तीन वटा किताब लेखिसकेको लगायतका व्यहोरा उल्लेख गरेका छन् ।

Next Post

कर्मोहनाबाट ११ जना जुवाडे पक्राउ

१७ बैशाख २०७५, सोमबार १७:०९
सदरलाइनडटकम  १७ बैशाख, नेपालगन्ज  : करिव ४ लाख सहित प्रहरीले ११ जना जुवाडेलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरीको टोलीले बाँके जानकी गाउपालिका–३ कर्मोहना नजिकैबाट जुवा खेलि रहेका ११ जना जुवाडे नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दाफाँट ईन्चार्ज रणबहादुर […]