१५ किलो चरेश सहित दुई नेपाली भारतमा पक्राउ

१५ बैशाख २०७५, शनिबार १८:२५
 

सदरलाइनडटकम  
१५ बैशाख, नेपालगन्ज  : सिमावर्ती बजार रुपैडिहा भारतमा दुई नेपाली नागरिक अबैध लागू औषध सहित पक्राउ परेका छन् । भारतीय प्रहरी तथा सीमा सुरक्षा बल एसएसबीको ४२ औ बटालियनको संयुक्त गस्तिले नेपाल बोर्डरदेखि करिव ३ किलोमिटर दक्षिण नहरपुर र जैतापुरको बीचबाट शुक्रबार साँझ ६ बजे पक्राउ गरेको हो ।
नेपालगन्ज–९ बाँके गाउका १९ वर्षिय नईम ढपाली र ४२ वर्षिया सञ्जु बर्माका साथबाट १५ किलो चरेश बरामद गरेको भारतीय प्रहरीले जनाएको छ । उनीहरु दुबैसंग बराबर परिमाण साढे ७ साढे ७ किलो चरेश बरामद गरेको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीको ४२ औ बटालियनको असिस्टेन्ट कमान्डेन्ट अफिसर अमर दिक्षित र भारतीय प्रहरी रुपैडिहा थानाका ईन्चार्ज सब ईन्सपेक्टर दिनदयाल रायको नेतृत्वको संयुक्त टोलीले नियन्त्रणमा लिएको जानईएको छ ।
पक्राउ परेका ढपाली र बर्मालाई शनिबार दिउसो ३ बजे आवश्यक अनुसंधान पुरागरी सार्वजनिक गर्नुको साथै उनीहरुलाई बहराईच रिफर गरीएको हाम्रा सहकर्मी सन्तोष शुक्ला र नवि अहमदले रुपैडिहाबाट जनाएका छन् ।

Next Post

नेपालगन्ज उपमहानगरलाई महानगर बनाउन माग

१५ बैशाख २०७५, शनिबार १८:२५
सदरलाइनडटकम १५ बैशाख, नेपालगन्ज :  जिल्ला समन्वय समिति बा“केको दोस्रो जिल्ला सभाले नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव कार्यान्वयन गर्नका लागि प्रदेश र केन्द्र संसदका सभाषद मार्फत सरकारलाई माग गरिने जनाइएको छ ।यस्तै बा“के जिल्लालाई प्रदेशको राजधानी बनाउने प्रस्तावलाई पारित गरेको छ । बा“केलाई पनि […]