सांसद अथकको कोहलपुरमा सम्र्पक कार्यालय स्थापना

१५ बैशाख २०७५, शनिबार १३:०१
 

सदरलाइनडटकम 
१५ बैशाख, कोहलपुर (बाँके) : बाँके निर्वाचन क्षेत्रनं. १ प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ को सम्र्पक कार्यालय कोहलपुरमा खोलिएको छ ।
शनिबार एक कार्यक्रमका बीचमा सांसद अथकले नै कोहलपुर नगरपालिका वडा नं. ५ को दुर्गा मन्दिर नजिक सम्र्पक कार्यालय उद्दघाटन गर्दै सञ्चालनमा ल्याएका हुन ।
कार्यक्रममा बोल्दै सांसद अथकले आफु बाँकेबासीहरुको आफुसंग सहज पहुच पुर्याउन र जनताका गुनासाहरु सुन्नका लागि सम्र्पक कार्यालयको स्थापना गरेको बताए । यस्तै उनले बाँकेको विकासको लागि आफुले कुनै पनि रुपमा पछि नपारी सधै आफ्नो तर्फबाट हुन सक्ने साथ र सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।
सो कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले सम्र्पक कार्यालय मार्फत स्थानीयदेखि जिल्लाबासीका समस्या केन्द्रसम्म पहँच पुग्न सहज हुने बताए ।
यस्तै नेकपा एमालेका केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा सोही क्षेत्रका पूर्व सांसद देबराज भारले जनताका कुरा सन्न र जनता सामु गरेका प्रतिबद्धताहरुलाई स्थानीय स्तरबाट नै सम्बोधन गर्नका लागि यस्तो सम्र्पक कार्यालयको आवश्यकता औल्याए ।
कार्यक्रममा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, एमाले बाँके जिल्लाका अध्यक्ष अशोक कोइराला, बाँके क्षेत्रनं. ३ क का प्रदेश सभा सदस्य आइपि खरेल, प्रदेश सभा सदस्य पार्बती पुन, नेपका माओबादी केन्द्रका सह–इन्चार्ज प्रकाश सुवेदी, कहोलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।


Next Post

नेपालगन्जकाे बुलबुलियाराेडमा किड्स क्लब मण्टेश्वरी शुरु

१५ बैशाख २०७५, शनिबार १३:०१
सदरलाइनडटकम १५ बैशाख, नेपालगन्ज :  साना बालबालिकालाई घरको बाताबारणमा शिक्षा दिने उद्देश्यले नेपालगन्जमा सुबिधा सम्पन्न मन्टेश्वरीको शनिबार उद्दघाटन भएको छ । किडस् क्लब मन्टेश्वरी इन्टरनेशनल प्रि–स्कुल विधिवत रुपमा नेपालगन्जमा सुरु भएको सो मन्टेश्वरीकी प्रिन्सिपल गरिमा शाही मल्लले बताईन । उनले भनिन–‘यहाँ प्रि–स्कुल र मन्टेश्वरी धेरै सञ्चालनमा छन् तर, हामीले पूर्ण […]