कारागारबाटै कैदीको ‘सेटिङ्ग’मा जेलर सरुवा भएपछि…

१५ बैशाख २०७५, शनिबार ०८:४०
 

सदरलाइनडटकम  
१५ बैशाख, नेपालगन्ज  : कारागारमा चौकिदारदेखि महानिर्देशक बनाउनेसम्मको चलखेल नेपालको कारागार भित्रै रहेका एक पाकिस्तानी नागरिकले आफुले ‘सेटिङ्ग’ गर्ने दाबी गरेको तथ्य फेला परेको छ ।
नेपालगन्ज कारागारको निमित्त जेलर र चौकिदार फेर्नको लागि चलखेल सुरु गरेको पाईएको हो । यो कार्यमा कारागार विभागका कर्मचारी र जननिर्वाचित प्रतिनिधिको संलग्नता रहेको स्रोतले जनाएको छ ।
लागू औषधको कारोबारको मुद्दामा हाल धनगढी कारागारमा बन्दी जीवन विताई रहेका पाकिस्तानी नागरिक नासिर अलीले जेल भित्रैबाट चौकीदारदेखि कारागार व्यवस्थापन विभागको महानिर्देशकसम्म फेरबदल गर्ने कुरा गरेको अडियो बाहिरीएको छ ।
करिब १२ मिनेटको सो अडियो सम्बादमा प्रमुख जिल्ला अधिकारीदेखि नेपालगन्ज कारागारका निमित्त जेलरसम्मको सरुवाको लागि ‘सेटिङ्ग’ भई सकेको उल्लेख गरिएको छ । सो अडियोको सम्बादमा भनिएको छ ‘बैशाख ५ गते कारागार व्यवस्थापन महाशाखाको डिजी परिवर्तन हुन्छ अनि बल्ल काम सुरु हुन्छ अहिलेलाई नआत्तिएर बस’ भन्ने शब्द नासिरले बोलेका छन् ।
सो अडियोमा भनिए कै जस्तै गरी कारागार व्यवस्थापन महाशाखाका तत्कालिन महानिर्देशक कृष्णचन्द्र घिमिरेले बैशाख ५ गते अवकाश पाएपछि निमित्त महानिर्देशकको रुपमा रहेका कृष्ण आचार्य र नेपालगन्ज कारागारका निमित्त प्रमुख श्याम लामिछानेको समेत गृह मन्त्रालयले काज सरुवा गरेपछि नासिरको सो अडियोमा भएको भनाई पुष्टि भएको छ ।
नासिरसंग भएको संवादमा चर्चित गुण्डा नाईके रिगल ढकाल मार्फत पैसा लिएको कुरा उल्लेख गरिएको छ । रिगल चेतन मानन्धर हत्या काण्डमा मुख्य आरोपी भई जिल्ला अदालत बाँकेबाट सर्वोश्व सहित जन्मकैद फैसला भएका व्यक्ति हुन उनी हाल बर्दिया कारगारमा छन् ।

Next Post

सांसद अथकको कोहलपुरमा सम्र्पक कार्यालय स्थापना

१५ बैशाख २०७५, शनिबार ०८:४०
सदरलाइनडटकम  १५ बैशाख, कोहलपुर (बाँके) : बाँके निर्वाचन क्षेत्रनं. १ प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ को सम्र्पक कार्यालय कोहलपुरमा खोलिएको छ । शनिबार एक कार्यक्रमका बीचमा सांसद अथकले नै कोहलपुर नगरपालिका वडा नं. ५ को दुर्गा मन्दिर नजिक सम्र्पक कार्यालय उद्दघाटन गर्दै सञ्चालनमा ल्याएका हुन । कार्यक्रममा बोल्दै सांसद […]