सैनिक भर्ती प्रकरण : थप एक जना पक्राउ

१४ बैशाख २०७५, शुक्रबार १८:५५
 

सदरलाइनडटकम
१४ बैशाख, नेपालगन्ज :  नेपाली सेनाको जागिर लगाईदिने भन्दै नक्कली प्रमाणपत्र र नक्कली प्रशिक्षार्थी खडा गरेको प्रकरणमा इलाका प्रहरी कार्यालय कोहलपुरमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ —१ का जनक बिक रहेका छन् ।
इप्रका कोहलपुरका प्रहरी निरिक्षक निराञ्जन घिमिरेका अनुसार पक्राउ परेका बिकले घटनाका मुख्य अभियुक्त टिकाराम बस्नेतलाई दुई लाख ७५ हजार बुझाएका थिए । सेना बन्न चाहेका व्यक्तिबाट बिकले पैसा उठाएर बस्नेतलाई दिने गरेको पाइएको छ ।
प्रहरीले यसअघि नै तीनजनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बाँके बैजानाथ गाउँपालिका वडा नं.१ बस्ने टिकाराम बस्नेत, बसन्त बिक र राजेश यादब रहेका छन् ।
इप्रका कोहलपुरका प्रहरी निरिक्षक घिमिरेका अनुसार, पक्राउ परेकाहरुले सेनामा जागिर लगाईदिन नक्कली प्रमाणपत्रदेखि प्रशिक्षार्थीसम्म खडा गर्दै आएका थिए । प्रहरीका अनुसार, सुर्खेतका एक व्यक्तिलाई नेपाली सेनाको सैनिक जवानमा भर्ती गर्नको लागि आवश्यक नक्कली सर्टिफिकेट, फिजिकल, दौड, बेरिङ्ग चेक, मेडिकल र लोकसेवाको जाच दिनेसम्म पैसा लिएर सरकारी छापटाप कृर्ते गरेको थिए ।
नेपाली सेनामा भर्ना भएका ती व्यक्तिले सैन्य तालिमको क्रममा छनौट परिक्षामा गरेको उपलब्धीको विपरित काम गरेपछि आन्तरिक अनसंन्धानको लागि गरेको आग्रह अनुसार छानविन गर्दा अनसंधानको लागि बस्नेत, विक र यादव पक्राउ परेका हुन । प्रहरी निरिक्षक घिमिरेका अनुसार बस्नेतले सबै प्रबन्ध मिलाउने गरेको र उनकै घरबाट नेपाली सेनाको लोगो भएको छाप तथा अन्य सामाग्री फेला परेको र बिभिन्न चरणमा गरि २ लाख बढी रुपैया लिएको पाईएको छ ।
यसैगरी विकलाई मेडिकल चेकअप गर्नको लागि प्रयोग गरेको र यादवले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । विकले मेडिकल जांच गराए वापत १० हजार र यादवले सर्टिफिकेट बनाईदिए बापत साढे १७ हजार बस्नेतबाट लिएको अनुसंधानमा खुल्न आएको छ । यादव सुर्यादय मावि चिसापानीका शिक्षक हुन ।

Next Post

इमराल्ड कलेजले होटल म्यानेजमेन्टसंगै फेसन डिजाईन पनि सञ्चालन गर्दै

१४ बैशाख २०७५, शुक्रबार १८:५५
सदरलाइनडटकम  १४ बैशाख, नेपालगन्ज : इमराल्ड कलेज अफ एप्लाईड मेनेजमेन्ट नेपालगन्जले स्वरोजगार मुलक शिक्षाको लागि आफुहरुको पहल हुने बताएको छ । कलेज प्रशासनले शुक्रबार सो कलेजमा अध्ययन गर्दै आएका विद्यार्थीहरुको चाईनिज परिकार पकाउने तथा सर्व गर्ने विषयको प्रयोगात्मक कार्यक्रमका सहभागिलाई कलेज स्थापनाको उद्देश्य बारे जानकारी गराउदै सो कुरा बताएको हो […]

सम्बन्धित