बाँके जिल्लाको पूर्वाधार विकासका लागि मन्त्री महासेठसंग आग्रह

१४ बैशाख २०७५, शुक्रबार १७:४५
 

सदरलाइन \रबिन्द्रसिंह ठकुरी
१४ बैशाख, नेपालगन्ज : भैतिक योजना तथा यातायात मन्त्री रघुबिर महासेठले केपी शर्माको सरकारले देशको मुहार बदल्नेमा आफुहरु बिश्वस्त रहेको बताएका छन ।


 नेकपा एमाले बाँकेका कार्यकर्तासंग भएको भेटघाट कार्यक्रममा बाँके जिल्लाका समस्याहरुका बारेमा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले ‘राप्ति पारी सडक सञ्जाल पुगेता पनि बिधुत नपुको मा केन्द्रबाट केहि रकम बिनिउोजित गरि राप्तिपारी र बगौडा क्षेत्रका जनताको गुनासो सरकारले सनोस’ यस्तै उनले बाँकेमा हुलाकी सडक निर्माणलाई तिब्रताका साथ सम्पन्न गर्न पनि केन्द्र सरकारले निर्देशन दिनु पर्नेमा उहाको जोड रहेको थियो ।
कोईरालाले बाँकेमा रहेको बिमानस्थललाई अन्तराष्ट्रिय बिमान स्थलको रुपमा बिकास गर्न पनि केन्द्र सरकारले बजेट बिनियोजित गर्नका लागी मन्त्रीलाई बताए । कार्यक्रममा उठेका बिषयलाई सम्बोधन गर्दै मन्त्री महासेठले बाँके सम्भाबना बोकेको जिल्ला भएको हुदा यस जिल्लालाई बिकास निर्माणमा कुनै पनि रुपमा पछाडी नपारीने पनि बताए । मन्त्री महासेठले बाम गठबन्धनको सरकारले नै देशको मुहार फेर्ने भएको हुदा जनताहरुले स्थानिय जन प्रतिनिधीहरुलाई बिकास निर्माणका काममा सहयोग गर्ने पनि आग्रह गरे ।
उनले भने पार्टि एकिकरणका लागी केन्द्रीय स्तरमा सम्पुर्ण कार्यहरु सकियको र केहि बिषयमा मात्र छलफल भैरहेको छ , अबको १५ दिन भित्र अर्थात मे १५ तारिखसम्म पार्टि एकिकरण हुने भएको हुदा पार्टि कार्यकर्ताहरुलाई नआत्तिन पनि आग्रह गरे । मन्त्री महासेठले आजनै कोहलप’रमा रहेको यातायात ब्यबस्था कार्यालय बनाउने भनि छ’ट्टाइएको जग्गााको पनि अबलोकन गरोका थिए ।

Next Post

सैनिक भर्ती प्रकरण : थप एक जना पक्राउ

१४ बैशाख २०७५, शुक्रबार १७:४५
सदरलाइनडटकम १४ बैशाख, नेपालगन्ज :  नेपाली सेनाको जागिर लगाईदिने भन्दै नक्कली प्रमाणपत्र र नक्कली प्रशिक्षार्थी खडा गरेको प्रकरणमा इलाका प्रहरी कार्यालय कोहलपुरमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ —१ का जनक बिक रहेका छन् । इप्रका कोहलपुरका प्रहरी निरिक्षक निराञ्जन घिमिरेका अनुसार पक्राउ परेका बिकले घटनाका […]