सर्बोच्चका न्यायाधीसलाई स्वागत

१२ बैशाख २०७५, बुधबार १४:०६
 

सदरलाइनडटकम
१२ बैशाख, नेपालगन्ज : सर्बोच्च अदालतका न्यायाधीस पुरुषोत्तम भण्डारीलाई नेपालगन्जका कानुन व्यवसायीहरुले बुधवार स्वागत गरेका छन् ।


   बाँके र बर्दियाका बिभिन्न तहका अदालतको आन्तरिक निरिक्षणमा आएका न्यायाधीस भण्डारीलाई जिल्ला अदालत बार एशोसियनका तर्फबाट बिहान स्वागत तथा सम्मान गरिएको हो ।
सो अवसरमा कानुन व्यवसायीहरुले अदालतभित्रका भौतिक पूर्वाधार अभावका समस्या र अदालतका फैसला कार्यान्वयनमा हुने ढिलासुस्तीका बिषयमा न्यायाधीस भण्डारी समक्षा कुरा राखेका थिए । जबाफमा न्यायाधीस भण्डारीले भौतिक पूर्वाधार निर्माणका लागि चासो व्यक्त गर्दै आवश्यक सहयोग गर्ने बताएको अधिवक्ता बसन्त गौतमले जानकारी दिए । उनले अदालतको गरिमा बढाउने लागिपरेको पनि बताए । सो अवसरमा नेपाल बारका उपाध्यक्ष शालिकराम सापकोटा लगायतकाले बोलेका थिए ।

Next Post

प्रथम नेपालगन्ज कपको उपाधि दंगाली गोर्खाजलाई

१२ बैशाख २०७५, बुधबार १४:०६
सदरलाइनडटकम १२ बैशाख, कोहलपुर (बाँके) : गत बैशाख ३ गतेदेखि कोहलपुरको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी प्रथम नेपालगन्ज कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एनआईसि एसिया दंगाली गोर्खाजले चुमेको छ । बुधबार भएको फाइनल खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको बिशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको […]