मानपुर दुर्घटनमा महिलाको मृत्यु, दुई घाइते

११ बैशाख २०७५, मंगलवार १०:४२
 


सदरलाइनडटकम
११ बैशाख, नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा मंगलबार बिहान भएको सडक दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
जानकी गाउँपालिका मानपुरमा भे १ त ४००६ नं ट्याक्टर मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार, दुर्घटना हुँदा राजापुर नगरपालिका वडा नम्बर ३ घर भएका ३९ वर्षिय देवि थारुको मृत्यु भएको छ ।
बारबर्दिया नगरपालिका ३५ वर्षिय कालुराम चौधरी र ३० वर्षिय सेवकराम चौधरी घाइते भएका छन् । उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Next Post

पठन पाठनका लागि कक्षा ८ सम्म शुल्क नलिन बिद्यालयलाई निर्देशन

११ बैशाख २०७५, मंगलवार १०:४२
सदरलाइनडटकम ११ बैशाख, नेपालगन्ज : सामुदायिक बिद्यालयले कक्षा ८ सम्म पठन पाठनका लागि बिद्यार्थीबाट कुनैपनि शुल्क नलिन राप्तीसोनारी गाउँपालिकाको शिक्षा समितिले निर्देशन दिएको छ । गाउँपालिका अन्तर्गतका बिद्यालयमा आधारभुत तह कक्षा ८ सम्म शुल्क लिएको गुनासो आएपछि गाउँपालिका अध्यक्ष एवम् शिक्षा समितिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा हालै सम्पन्न बैठकको निर्णयबाट […]