चेतन मानन्धर हत्याको काण्डका मुख्य अभियुक्त रिगल ढकालले आत्मसमर्पण गरेको दुई वर्षपछि सुनुवाई सुरु

१० बैशाख २०७५, सोमबार १०:४८
 

१० वैशाख, नेपालगन्ज  : तीन वर्षअघि नेपालगन्जको सुर्खेतरोडमा भएको हत्याको घटनाका आईतवारबाट अदालतमा वहस सुरु भएको छ । नेपालगन्जको व्यस्त सडकमा तीनवर्ष अघि खुडा प्रहार गरी हत्या भएको थियो ।
नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझीचौकमा नेपालगन्ज–८ का २९ वर्षिय चेतन मानन्धर माथि २०७२ साल असार २८ गते खुँडा प्रहारी गरी हत्या भएको थियो । सो घटनामा संलग्न भएका भनिएका सो क्षेत्रका चर्चीत गुण्डा नाइके रिगल भनिने योग ढकालले दुई वर्ष अघि नै आत्मसमर्पण गरिसकेका छन् ।
सोही घटनाको आइतवारदेखि बहस सुरु भएको हो । हत्याका मुख्य अभियुक्त रिगल ढकालसहित १५ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला अदालत बाँकेका न्यायधीश बिष्णु सुवेदीलको इजलासमा वहस सुरु भएको हो ।

आईतबार जिल्ला न्यायधीबक्ता टेकबहादुर थापाले बहस गरेका छन् । रिगलको पक्षबाट धेरै कानुन ब्यवसायी वहसमा सहभागी भएका छन् । जसका कारण वहसमा धेरै दिन लाग्ने बताइएको छ । न्यायधीश सुवेदीले सो घटनालाई गम्भीरताका साथ लिएर छिटै छिनोफानो गर्ने हिसवाले वहस जारी राखेका छन् ।
दुई वर्ष अघि नै आत्मसमर्पण गरेका रिगल सोही हत्याको घटनापछि कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । प्रहरीले गुण्डा नाइकेहरुलाई खोजी खोजी इन्काउन्टर गर्न थालेपछि रिगलले आत्मसमर्पण गरेका थिए ।
दिउँसै सडकमा युवकको हत्या गरिएपछि यो घटनालाई नेपालगन्जबासीले पनि निकै उत्सुकताका साथ हेरि रहेका छन् । हत्यामा संलग्नमध्ये रुकुम पेउघा–७ का २२ वर्षीय प्रशान्त गौतम, बाँके शम्शेगञ्ज–६ का २९ वर्षीय नवराज खत्री, सुर्खेत विनपा–६ का २२ वर्षीय विशाल बस्नेत, छिन्चु–२ का २५ वर्षीय मोहन खड्का, बाँके महादेवपुरी २ का २१ वर्षीय केशव रोकाय, नेपालगन्ज ५ का ३२ वर्षीय प्रितम थापा, नेपालगन्ज १६ का ३२ वर्षीय माधव परीयार, दाङ्ग हलवार ३ घर भई हाल नेपालगन्ज २४ कारकादौँ बस्ने २७ वर्षीय हरी वली नेपालगन्ज कारकादौँका २७ वर्षीय विवाद पाठक, प्यूठान सेउलीवाङ्ग घर भई हाल नेपालन्ज ५ बस्ने २५ वर्षीय यमबहादुर बुढामगर, नेपालगन्ज १८ का मनिश चौलागाईलाई त्यस समयमा पक्राउ गरेको थियो भने नेपालगन्ज २४ का सोहनसिंह ढकाल र नेपालगन्ज कारकादौँका दीपेन्द्र सिंह फरार थिए । हाल सबैजना पक्राउ परि कारागारमा छन् । लाईटनेपालबाट साभार


http://www.lightnepalnews.com/185476/

Next Post

सिद्धेश्वरले स्वर्णजयन्ती मनाउँदै

१० बैशाख २०७५, सोमबार १०:४८
सदरलाइनडटकम १० बैशाख, नेपालगन्ज ः बाँकेको राप्तीसोनारी—६ स्थित श्री सिद्धेश्वी माध्यामिक विद्यालयले आफ्नो स्वर्णजयन्तीको अवसरमा भब्य कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त विद्यालयका अध्यक्ष जनक बहादुर थारुका अनुसार स्वर्णजयन्तीको अवसरमा यही बैशाख २३ गते आईतबार भब्य कार्यक्रमको आयोजना गरिदैछ । सो अवसरमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखे्रल […]