सुन र चाँदीको रेडिमेड गहनासहित राई प्रहरी नियन्त्रणमा

१० बैशाख २०७५, सोमबार ०९:०२
 

सदरलाइनडटकम  
१० बैशाख, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको स्पेशल टोलीले नेपालगन्ज–२ बाट अबैधताको आशंकामा सुन र चाँदीको गहना नियन्त्रणमा लिएको छ ।
आईतबार साँझ करिव ७ बजेतिर त्रीबेणीमोड नजिकै सरदार ड्राईक्लिनर्सको पछाडि रहेको सोनुराई ज्वलर्सबाट ४ सय २३.५ ग्राम सुन र २४ किलो ७ सय ६.५ ग्राम चाँदीका गहना सहित सो पसलका सञ्चालक सोनु राईलाई नियन्त्रणमा लिएको प्रहरी निकट स्रोतले जनाएको छ ।
प्रहरी निकट स्रोतका अनुसार प्रहरी नियन्त्रणमा रहेका राईले नेपालबाट चाँदी भारत पठाउने र भारतबाट सुनचाँदीका रेडिमेट गहना बनाएर ल्याउने गरेको सुचनाको आधारमा लामो समयदेखि पछ्याउदै जाँदा आईतबार नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका सबै गहना रेडिमेड भएको र नेपालगन्जमा रेडिमेड गहना बनाउने कुनै पनि कारखाना नभएकोले भारतबाट ल्याईएको रेडिमेड गहनाको विल तथा भन्सार कागजसमेत नभएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीको दाबी छ ।

Next Post

राजा वीरेन्द्र बियर बनेपछि बिबाद सिर्जना

१० बैशाख २०७५, सोमबार ०९:०२
सदरलाइनडटकम १० बैशाख, नेपालगन्ज : स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह देवको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरेर विक्री गरिरहेको खबर सार्बजनिक भएपछि नेपालमा हलचल मच्चिएको छ । वियरको लेबलमा हात राखेर मुस्कुराइरहेको तस्वीरसहित ‘वीरेन्द्र वियर’ सामाजिक संजालमा सार्वजनिक भएपछि नेपालीहरूले आलोचना गरिरहेका छन् । यस विषयमा सामाजिक संजालमा […]