विद्यालयमा ‘बाउण्डरी वाल’ नहुँदा समस्या

९ बैशाख २०७५, आईतवार १४:५१
 

सदरलाइनडटकम
९ बैशाख, नेपालगन्ज  :  सरकारी विद्यालयमा ‘बाउण्डरी वाल’ नभएका कारण धेरै विद्यार्थीहरु भाग्ने गरेको पाईन्छ । जसका कारण विद्यार्थीरु ‘ड्रप आउट’ बढ्ने गरेको तथ्य समेत उजागर भएको छ ।
विद्यार्थीहरुको नियमितता नहुनुमा अभिभावको चेतनास्तर समेत प्रमुख चुनौतीका रुपमा देखिन्छ । डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बालबालिकालाई शिक्षा दिनुपर्ने सोँच अभिभावकहरुमा अभैm विकास हुन नसकेकोले बिद्यार्थी बिचमै बिद्यालय छोड्ने गरेको बताएका थिए । अभियाननै चलाएर बिद्यार्थी भर्ना गरिएपनि खेतीपातीको समयमा बिद्यार्थीको उपस्थिती संख्या झन न्यून हुने गरेको उनीहरुले जानकारी गराएका थिए ।
गाउँपालिका भित्र रहेका विद्यालय र मदरसा गरी ३१ वटै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले भौतिक संरचनाको अभावमा पठनपाठनमा समस्या हुने गरेको गुनासो गरेका थिए । अधिकाँश बिद्यालयमा बाउण्ड्री वाल नहुँदा बिद्यार्थीहरु बीचमै कक्षा छोडेर भाग्ने गरेको भन्दै सहभागीहरुले भौतिक संरचनामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
गाउँपालिकाभित्र रहेका कुल ५ वटा माध्यमिक तहका बिद्यालयमध्ये अधिकाँश बिद्यालयमा माविस्तरका शिक्षक नहुँदा गुणस्तरीय शिक्षा दिन नसकिएको उनीहरुले गुनासो गरेका थिए । प्रावि र निमावि तहका शिक्षकबाट माविस्तरमा पठनपाठन गराउनु पर्ने बाध्यता रहेको भन्दै सहभागीहरुले विद्यालयमा विषयगत शिक्षक नहुँदा अध्ययन अध्यापनमासमेत समस्या हुने गरेको दुःख पोखेका थिए । गाउँपालिका अध्यक्ष चौधरीले सबै विद्यालयको अनुगमन निरीक्षण गरी समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयो । श्रोत व्यक्ति रामइकबाल मण्डलले सञ्चालन गर्नु भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, प्रशासकीय अधिकृत दिपक पौडेललगायतको सहभागिता थियो ।

Next Post

नाबालिका सहित तीन नेपाली चेलीको उद्धार

९ बैशाख २०७५, आईतवार १४:५१
सदरलाइनडटकम ९ बैशाख, नेपालगन्ज : नाबालिका छोरी सहित बेचिएका दुई जना नेपाली चेलीहरुलाई भारतको नयाँ दिल्लीस्थित जिविरोडमा उद्धार गरिएको छ । उनीहरुलाई माईती नेपाल नेपालगन्जको अगुवाईमा जोखिमपुर्ण तरिकाले उद्धार गरिएको हो । बेश्यालयमा बेचिएका त ियुवती सहित एक नाबालिकालाई उद्धार गरी त्यहां रहेको संरक्षण केन्द्रमा राखिएको छ । माइती नेपालले […]

सम्बन्धित