आर्थिक गणनाको कार्य धमाधम

९ बैशाख २०७५, आईतवार १३:००
 


सदरलाइनडटकम
९ बैशाख, नेपालगञ्ज  : बैशाख १ गतेबाट बाँकेमा शुरु भएको आर्थिक गणना कार्य धमाधम भइरहेको छ । गणकहरु फर्म तथा उद्योग प्रतिष्ठानमा पुगेर बिभिन्न बिबरणहरु संकलन गरिरहेका छन् ।
अहिलेसम्म करिव ४५ सय वटा उद्योग, प्रतिष्ठानको बिबरण संकलन गरिसकेको र काम रामेसंग सञ्चालन भइरहेको आर्थिक गणना कार्यालयका प्रमुख पोम नारायण पौडेलले बताए ।
जेष्ठ ३१ गतेसम्म बाँके लगायत देशभर आर्थिक गणना शुरु हुँदैछ । बाँकेमा ७७ जना गणकहरु शनिबारबाटै आर्थिक गणनामा सहभागि भएका
छन् ।
उनका अनुसार गणकहरुलाई प्रशिक्षण दिइसकेपछि पोख्त बनाई उनीहरुलाई गाउँ गाउँ परिचालन गरिएको छ । सबको सहयोगबाट आर्थिक गणना अभियान सफल हुने पौडेलले बताएका छन् । उनका अनुसार आर्थिक गणनाले देशको आर्थिक अवस्थाका बारे जानकारी गराउने र भविष्यका बिषयमा योजना सार्वजनिक गर्न सहयोग गर्ने छ ।

Next Post

लेनिनको फोटो नभएपछि संयुक्त सभामा बबाल

९ बैशाख २०७५, आईतवार १३:००
सदरलाइनडटकम ९ बैशाख, नेपालगन्ज ः लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले आइतबार संयुक्त सभा गर्दैछन् । पार्टी एकता गर्न लागेका दुई दलले संयुक्त रुपमा गर्न लागेको कार्यक्रमलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । तर, कार्यक्रम सुरु नहुँदै विवाद भएको छ । लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर थिएन […]