मेयरकप रात्री कबड्डीमा मेयर कै टिम र वडा नं. ४ विजयी

९ बैशाख २०७५, आईतवार १०:३४
 

सदरलाइनडटकम
९ बैशाख, नेपालगन्ज : नेपालगन्जमा शनिबार रातीदेखि मेयरकप वडास्तरिय रात्री कबड्डी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालगन्ज उप–महानगरपालिकाका कर्मचारी टिम र दोस्रो खेलमा वडानं.४ विजयी भएका छन् । पहिलो खेलमा उप–महानगरको कर्मचारी टिमको नेतृत्व गर्दै मेयर डा. धवल शम्शेर राणाको टिमले वडा नं. १२ लाई ५४– २१ अंकले पछाडि पार्दै विजयी भएको छ ।
त्यस्तै मेयरकप रात्री कबड्डी प्रतियोगिताको दोश्रो खेलमा वडा नम्बर ४ ले वडा नम्बर २१ लाई ४०–२७ अंकले पराजित गरेको छ । कडा प्रतिष्पर्धात्मक सो खेलमा वडा नम्बर ४ का वडा अध्यक्ष मो.सफिक बेहनाले रेड गर्दै २० अंक ल्याएका थिए ।
अध्यक्ष बेहना कबड्डीका पूर्ब राष्ट्रिय स्तरका खेलाडी समेत हुन । प्रतियोगिताको उद्दघाटन समारोहमा बोल्दै नेपालगन्ज उप–महानगरका मेयर डा. राणाले लामो वर्षको अन्तरालपछि भएको कबड्डी प्रतियोगिताबाट थुप्रै प्रतिभा भएका कबड्डी खेलाडीहरु उत्पादन हुने बताए ।
त्यस्तै उद्दघाटन कै क्रममा मध्यपश्चिम खेलकुद बिकास समितिका अध्यक्ष भिम वलीले कबड्डी खेलबाट नेपालगन्जलाई चिनाउने बताउदै प्रतियोगिताबाट उत्कृष्ठ १० जना खेलाडी छनौटगरी उनीहरुलाई लाई आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको कबड्डी खेलका लागि बन्द प्रशिक्षणमा राखिने जानकारी दिए ।
लामो समयपछि भएको कबड्डी खेल हेर्नको लगि उल्लेख्ये संख्यामा दर्शकहरुको भीड़ लागेको थिया े। नेपालगन्ज उपमहानगरको सहयोग र मिशन विक्ट्रि नेपालको सहकार्यमा भएको मेयरकप रात्री कबड्डी प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार, दोश्रो हुने टोलीले २५ हजार पाउने आयोजकले जनाएको छ ।
यसैगरी आईतबार रातीको पहिलो खेल वडा नम्बर ८ बिरुद्ध वडा नम्वर ७ हुनेछ भने दोश्रो खेल वडा नंबर २ बिरुद्ध वडा नम्बर २३ बिच हुने  आयोजकले  जनाएको छ । १५ वटा टोलीले भाग लिएको सो प्रतियोगिता एक हप्तासम्म चल्ने मिशन विक्ट्री नेपालका अध्यक्ष राहुल अन्शारीले जानकारी दिए ।  

Next Post

रात्री कबड्डीमा मेयरसा’वको टिममै गैर कर्मचारी राखेको भन्दै वडा अध्यक्षद्वारा उजुरी

९ बैशाख २०७५, आईतवार १०:३४
सदरलाइनडटकम ९ बैशाख, नेपालगन्ज  : नेपालगन्जमा शनिबारदेखि जारी मेयरकप रात्री कबड्डी प्रतियोगितामा मेयरसा‘व कै टिम विरुद्ध उजुरी परेको छ । सो खेल नेपालगन्ज उप–महानगरले जितेको छ । शनिबारको उद्दघाटन खेलमा नेपालगन्ज उप–महानगर कर्मचारी टिम वडानं. १२ बीच भएको खेलमा मेयर डा. धवल शम्शेर राणाले नेतृत्व गरेको टीमका दुई जना सदस्य […]