डुडुवालाई विद्यालय भर्ना भन्दा विद्यार्थीलाई विद्यालयमा कसरी टिकाउने भन्ने चिन्ता

७ बैशाख २०७५, शुक्रबार १९:२६
 

सदरलाइनडटकम  
८ बैशाख, नेपालगन्ज  : नयाँ शैक्षिक सत्रको लागि जिल्लाका सबै स्थानीय तहमा विद्यालय भर्ना अभियान सञ्चालनमा छ । तर, विद्यार्थीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु भन्दा पनि टिकाउनको लागि आवश्यक गृहकार्य हुन आवश्यता औल्याईएको छ ।
सेभ द चिल्ड्रेनको सहकार्य र बाँके युनेस्को क्लबको समन्वयमा डुडुवा गाउँपालिकाले आयोजना गरेको अभियान तथा शैक्षिक सम्बाद कार्यक्रममा सहभागीहरुले यस्तो कुरा औल्याएका हुन ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले बालबालिकालाई शिक्षा दिनुपर्ने सोँच अभिभावकहरुमा विकास नभएकोले विद्यार्थी बिचमै विद्यालय छोड्ने गरेको उनीहरुको दाबी छ ।
‘अभियान नै चलाएर बिद्यार्थी भर्ना गरिए पनि खेतीपातीको समयमा विद्यार्थीको उपस्थिति संख्या झन न्यून हुने गरेकोले भर्ना भन्दा पनि विद्यालय आएकालाई कसरी विद्यालयमा टिकाउने भन्ने योजना बनाउन आवश्यक रहेको छ’–गाउपालिकाका अध्यक्ष चौधरीले भने ।
सो कार्यक्रममा सहभागि गाउँपालिका भित्र रहेका विद्यालय र मदरसा गरी ३१ वटै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले भौतिक संरचनाको अभावमा पठनपाठनमा समस्या हुने गरेको गुनासो गरेका थिए ।
अधिकाँश बिद्यालयमा बाउण्ड्री वाल नहुँदा बिद्यार्थीहरु बीचमै कक्षा छोडेर भाग्ने गरेको भन्दै सहभागीहरुले भौतिक संरचनामा ध्यान दिनुपर्नेमा समेत जोड दिएका थिए ।
गाउँपालिकाभित्र रहेका कुल ५ वटा माध्यमिक तहका बिद्यालय मध्ये अधिकाँश बिद्यालयमा माविस्तरका शिक्षक नहुँदा गुणस्तरीय शिक्षा दिन नसकिएको उनीहरुले गुनासो गरेका थिए ।
प्रावि र निमावि तहका शिक्षकबाट माविस्तरमा पठनपाठन गराउनु पर्ने बाध्यता रहेको भन्दै सहभागीहरुले विद्यालयमा विषयगत शिक्षक नहुँदा अध्ययन अध्यापनमासमेत समस्या हुने गरेको दुःख पोखेका थिए ।
गाउँपालिका अध्यक्ष चौधरीले सबै विद्यालयको अनुगमन निरीक्षण गरी समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए । श्रोत व्यक्ति रामइकबाल मण्डलले सहजिकरण गरेको कार्यक्रममा शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्ल, प्रशासकीय अधिकृत दिपक पौडेललगायतको सहभागिता थियो ।

Next Post

बैजनाथमा वडास्तरिय सार्वजनिक सुनवाई

७ बैशाख २०७५, शुक्रबार १९:२६
सदरलाइनडटकम   ७ बैशाख, बैजनाथ (बाँके) : गाउँपालिकाको वडाले दिने सेवा र सुविधाको बारेमा जानकारी दिनको लागि वडास्तरीय सार्वजनिक सुनुवाई आयोजना गरिएको छ । बैजनाथ गाउँपालिका कार्यालयको वडा २ को सार्वजनिक सुनवाईमा वडा कार्यालयले दिने सेवा र सुविधा विषयक सार्वजनिक सुनवाई सम्पन गरेको हो । स्थानीय सरकारले स्थानीय जनताको जनअपेक्षा नबुझेको […]

सम्बन्धित