दंंगाली गोर्खाज र रोल्पा गोरिल्लाज विजयी

७ बैशाख २०७५, शुक्रबार १९:०३
 

सदरलाइनडटकम,
७ बैशाख, कोहलपुर (बाँके ): कोहलपुरमा जारी नेपालगन्ज कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार भएको पाँचौ दिनको पहिलो खेलमा एनआईसि एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज विजयी भएका छन् ।
शुक्रबार भएको पहिलो खेलमा एनआईसि एसिया दंगाली गोर्खाजले अर्घाखाँची सिमेन्ट्स बर्दिया टाइगर्सलाई ८ विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिंग गर्दै बर्दिया टाइगर्सले दिएको १३० रनको लक्ष्य एन दंगाली गोर्खाजले १७ ओभरमा २ विकेट मात्रै गुमाएर सजिलै भेटायो । प्रतियोगितामा दंगाली गोर्खाजले ३ खेलमा यो दोश्रो जित हो भने बर्दियाले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ ।
१३० रनको लक्ष्य पछ्याउने क्रममा ओपनिंग ब्याटिंङ्ग गरेका मनोज सुनारले ५० रन बनाउदै ३४ बलको इनिंगमा उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए । जो खेलको प्लेयर अफदम्याच समेत चुनिए ।
सन्दिप र मनोजको विकेट पछि विनायक गिरि र अमर सिंह रौटेलाले तेश्रो विकेटको लागि ४७ रनको साझेदारी गरे।अमरले ३५ बलमा २ चौका र १ छक्का मदतले २४ रन तथा अमरले १६ बलमा ५ चौका मदतले २३ रन बनाए । बलिंङ्गतर्फ बर्दिया टाइगर्सका आकाश बिस्ट र अविनाश बोहाराले समान १–१ विकेट लिए ।
टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनाएको थियो । बर्दिया टार्ईर्गसले खराब स्थितिमा सुरुवात गरेको सातौ विकेटको लागि अविनाश बोहारा र आकाश बिस्टले ३६ रनको साझेदारी गर्दै टिमको स्कोर १२९ पुर्र्याएका थिए ।
त्यस्तै शुक्रवार नै भएको दोस्रो खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई १९ रनले जितेको छ । टस हारेर ब्याटिंङ्ग गरेको रोल्पा गोरिल्लाजले १९.१ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाउन सक्यो ।
ओपनिंग ब्याटिंङ्ग गरेका कप्तान सौरभ खनालले ४८ रनको इनिंग खेले जुन क्रममा उनले ५६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । समसुद्दिन अन्सारीले १३ रन र आकाश थापाले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाल्पा योद्दाजका बलर सिद्धान्तराज शाहीले सर्वाधिक ३ विकेट लिए भने विजय चौधरी र दिपेन्द्र रावतले २–२ विकेट लिए । रोल्पा गोरिल्लाजले पहिले ब्याटिंङ्ग गर्दै दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा पाल्पा योद्दाजले १६.१ ओभरमा सबै विकेट गुमाउदै ८८ रन मात्रै बनाउन सक्यो ।
खेलको प्लेयर अफ द म्याच रोल्पा गोरिल्लाजका बिनोद लामा घोषित भए । शनिवार हुने पहिलो खेल लुम्बिनी यात्रीजको पाल्पा योद्याजबीच र त्यसैगरि दोस्रो खेल बाँंके ब्लास्टर र दंगाली गोर्खाजबीच हुने आयोजकले जनाएको छ ।  

Next Post

डुडुवालाई विद्यालय भर्ना भन्दा विद्यार्थीलाई विद्यालयमा कसरी टिकाउने भन्ने चिन्ता

७ बैशाख २०७५, शुक्रबार १९:०३
सदरलाइनडटकम   ८ बैशाख, नेपालगन्ज  : नयाँ शैक्षिक सत्रको लागि जिल्लाका सबै स्थानीय तहमा विद्यालय भर्ना अभियान सञ्चालनमा छ । तर, विद्यार्थीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु भन्दा पनि टिकाउनको लागि आवश्यक गृहकार्य हुन आवश्यता औल्याईएको छ । सेभ द चिल्ड्रेनको सहकार्य र बाँके युनेस्को क्लबको समन्वयमा डुडुवा गाउँपालिकाले आयोजना गरेको अभियान तथा […]