पाँच नं. प्रदेसमा चौतारीको नेतृत्व गर्दै केसी र बस्नेत पत्रकार महासंघमा

७ बैशाख २०७५, शुक्रबार ०९:३८
 

सदरलाइनडटकम  
७ बैशाख, नेपालगन्ज : नेपाल पत्रकार महासंघको पाँच नं. प्रदेशका लागि प्रेस चौतारी नेपालले चौतारीका केन्द्रीय सचिव भरत केसीको नेतृत्वमा उम्मेदवार सिफारिस गरेको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक सविन प्रियाशनको अध्यक्षतामा बुटवलमा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।
सहमातिको आधारमा चैतारीको भागमा परेको उपाध्यक्षमा केसी, महासचिवमा प्रेस चौतारीका केन्द्रीय सदस्य समेत रहेका भेषराज बस्नेत, समावेशी सचिवमा सन्तोष दहित, खुला सदस्यमा नन्दराम पौडेल, शोभाकर पन्थी र सुजल श्रेष्ठ सिफारिसमा परेका छन् ।
मधेशी र महिला सदस्यको निर्णय हुन बाँकी रहेको भएपनि उम्मेदवारीको समयमा नै सिफारिस हुने बताईएको छ । शुक्रबार उम्मेदवारी दर्ता हुने निर्वाचन समितिले जनाएको छ ।

Next Post

बाँके पुरैनीका सुत्केरी महिलाले प्रोत्साहन भत्ता नपाएको गुनासो

७ बैशाख २०७५, शुक्रबार ०९:३८
सदरलाइनडटकम, ७ बैशाख, नेपालगन्ज  : स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनदै हुनसक्ने मातृशिशु मृत्यु दर घटाउने उद्देश्यले सरकारले दिदै आएको सुत्केरी भत्ता समय मै नपाएको नेपालगन्ज उप–महानगरपालिका २२ का सुत्केरी महिलाहरुले गुनासो गरेका छन् । पुरैनीका राधाकृष्ण स्वास्थ्य आमा समुहमा आबद्व सुत्केरी महिलाले आफुहरुले सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् । उनीहरुले […]