विद्यार्थी भर्ना अभियानको व्यापकता र प्रभावकारितामा जोड

६ बैशाख २०७५, बिहीबार १०:४९
 


सदरलाइनडटकम
६ बैशाख, नेपालगन्ज ः अनिबार्य आधारभुत शिक्षाका लागि विद्यार्थी भर्ना अभियानलाई व्यापक र प्रभावकारी बनाइदैछ । हामी सबैको इच्छा, अनिबार्य निशुल्क आधारभुत शिक्षा भन्ने मूल नारासहित विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाई उपलव्धीमा सुधार कार्यक्रमको कार्यान्वयन गर्न पहल गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज सरोकारवालाबीचको छलफलमा विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाई उपलव्धीमा सुधार कार्यक्रम कार्यान्वयनका लागि व्यापक छलफल गरिनुका साथै आवश्यक निर्देश समेत दिइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाको अधयक्षतामा वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक सहितको भेलामा सरोकारवालाले गर्नु पर्ने कार्यक्रम, आवश्यक तयारी र कार्यान्वयनका सन्दर्भमा क्षेत्रीय शिक्षा निर्देशनालयको १७ वुँदे निर्देश पत्र समेत सार्वजनिक गरिएको छ ।
विद्यार्थी भर्नालाई प्रभावकारी बनाउन प्रर्चा पम्पलेट, अभिभावक सचेतना, विद्यार्थी टिकाउ, सिकाई विधी आदि विषयमा आवश्यक परामर्शसहित सहजीकरण गरिएको उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख इश्वर पौडेलले जानकारी दिए । नगर प्रमुख डा धवल शम्शेर राणाले विद्यार्थी भर्नालाई विद्यालयको मात्र जिम्मेवारी नसम्झीएर सामुहिक जिम्मेवारीका रुपमा लिन आह्वाान गर्दै आईपर्ने समस्यालाई पनि सोही अनरुप हल गरिने बताए । नगर उपप्रमुख उमा थापामगरले शैक्षिक कार्ययोजनासहित विद्यार्थी भर्नालाई सफल बनाउन आह्वान गर्दै शिक्षक दरवन्दी अनुसार विद्यार्थी, विद्यार्थी अनुसार शिक्षक हुनुपर्नेमा जोड दिए । २३ वटै वडा तथा ४३ वटा विद्यालयमा टाँसीने विद्यार्थी भर्ना अभियान व्यानर पनि सम्वद्ध व्यक्तिलाई हस्तान्त्रण गरिएको छ । सहभागीहरुले कार्यक्रमको सफलताका लागि सामुहिक हातेमालोको आवश्यक्तामा जोड दिदै प्रतिवद्धता व्यक्त गरेका छन् । दुई गते देखि १५ गते सम्म भर्ना हुने विद्यार्थीलाई फूलमालाले स्वागत गरिने भएको छ भने त्यसपछि घरदैलो अभियान गरिने भएको छ ।

Next Post

आमाको नामबाट नागरिकता पाउन अझै कठिन

६ बैशाख २०७५, बिहीबार १०:४९
सदरलाइनडटकम ६ बैशाख, नेपालगञ्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं.३ का मोहम्मद शकिल हलवाईले आमाको नामबाट नेपाली नागरिकता नपाए पछि उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा मैले नागरिकता कहिले सम्म पाउँछुु भनी सूचना माग गरेका छन् । नेपालको संविधानले आमाको नामबाट नागरिकता पाउने कानुुनी प्रावधान भएपनि जिल्ला प्रशासन कार्यालय, बाँकेले हलवाईलाई नागरिकता दिन […]

सम्बन्धित