राजमार्गलाई व्यवस्थित गरिदै

३ बैशाख २०७५, सोमबार १२:५२
 


सदरलाइनडटकम
३ बैशाख, नेपालगन्ज  : महेन्द्र राजमार्गमा पर्ने कोहलपुर–शिवखोला सडकखण्डको खाल्डाखुल्डी र उत्रिएको पिच बनाउने काम सुरु भएको छ । सडकलाई ‘सफा र चिटिक्क’ बनाउने उदेश्यले अहिले काम धमाधम भइरहेको सडक डिभिजन कार्यालय, नेपालगन्जका प्रमुुख अर्जुन बमले जानकारी दिएका छन् ।
उनका अनुसार, अबको हप्तादिनभित्र उक्त सडकखण्डको झण्डै सत्तरी किलोमिटरभित्र पिच उत्रिएको र खाल्डाखुल्डी देख्न पाइने छैन । ‘खाल्डाखुल्डीरहित सडक बनाउने काम धमाधम भइरहेको छ ।’ बमले भने,—‘अहिले हामीले धमाधम काम गरिरहेका छौं ।’ देशकै मुख्य राजमार्गमै खाल्डाखुल्डी भई सवारीको आवातजावतमै समस्या भएपछि जनगुनासो बढेको थियो । सर्बसाधारणहरुले सडक निर्माणमा धयान दिनुपर्ने आवाज उठाएका थिए ।
सडक भिडिजन प्रमुख बमले नियमित काम अनुसार नै सडकका खाल्डाखुल्डी पुर्ने र पिच गर्ने काम भइरहेको बताएका छन् । सडक डिभिजन कार्यालयका अनुसार ओभरलोडका कारण सडक चांडै खाल्डाखुल्डी भइरहेका छन् ।

Next Post

कृष्ण औंसीमा आमाको सम्झना

३ बैशाख २०७५, सोमबार १२:५२
सदरलाइनडटकम ३ बैशाख, नेपालगञ्ज ः चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । भक्तजनहरूले दिवंगत आमाको सम्झना गरेका छन् । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको […]

सम्बन्धित