क्यान्सर अस्पताल सञ्चालन हुने

२ बैशाख २०७५, आईतवार १८:३५
 


सदरलाइनडटकम
२ बैशाख, नेपालगन्ज : स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले आईतबार बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको अवलोकन गरेकी छन् । अर्याल सहित पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, स्वास्थ्य सचिव पुष्पा अर्याल लगायतले अस्पतालको अवलोकन गरे ।
यही महिनादेखि ओपिडी र ‘डे’ सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिएका छन् । उनका अनुसार, अस्पताल सञ्चालनको तयारी पुरा भएको छ । नेपाल सरकार, नेपाल क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालको त्रिपक्षिय सहभागितामा अस्पताल सञ्चालनको व्यवस्था गरिएको छ । आईतबार स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, स्वास्थ्य सचिव पुष्पा चौधरी लगायतले अस्पतालको अवलोकन गरी अस्पताल सञ्चालनका बिषयमा जानकारी लिएका छन् ।

Next Post

अल्पसंख्यक बालबालिकालाई बिद्यालय भर्ना

२ बैशाख २०७५, आईतवार १८:३५
सदरलाइनडटकम २ बैशाख, नेपालगञ्ज ः खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले अल्पसंख्यक समुदायका दुई जना बालबालिकालाई बिद्यालय भर्ना गराएका छन् । उक्त गाउँपालिकाकी छात्र गुडिया माउत र आकाश माउतलाई ज्ञानोदय नमुना उच्च माविका कक्षा १ मा भर्ना गरिएको हो । बिद्यालय भर्ना अभियानका क्रममा कक्षपतिले ती बालबालिकालाई भर्ना गरेका हुन । […]

सम्बन्धित