राष्ट्रिय झण्डा दिवसमा सांसददेखि मेयर साव’सम्मको छमछमी…

२ बैशाख २०७५, आईतवार १०:३६
 

सदरलाइनडटकम
२ बैशाख, नेपालगन्ज : अन्तरालको व्यवस्थापनमा नेपालगन्जमा राष्ट्रिय झण्डा दिवसको अवसरमा ५ नं. प्रदेश सभाका सांसददेखि मेयरसम्मले छमछमी नाचेका छन् ।
तीन वर्ष अगाडिदेखि बैशाख १ गते नेपालगन्जमा विभिन्न संघसंगठन तथा नागरिक अगुवा संगठनहरुको स्वस्फूर्त आयोजनामा राष्ट्रिय झण्डा दिवस मनाउने गरिएको झण्डा दिवसमा नेपालगन्जका युवा गायक महेन्द्र सेढाईको गीतमा उनीहरु छमछमी नाचेका हुन ।
अन्तरालका कार्यकारी निर्देशक तथा कार्यक्रमका परिकल्पनाकार जयनारायण शाहले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेको तथा नमस्कार शाहले सहजिकरण गरेको सो कार्यक्रममा बाँके निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणा, उप–मेयर उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, धम्बोझि माविका प्रअ किरण आचार्य, कलाकार श्यामानन्द सिंह लगायतले झण्डा दिवसको महत्वको बारेमा बोल्नुको साथै छमछमी नाचेका थिए । फोटो रुद्र सुवेदी/सदरलाइनडटकम   

   


 

Next Post

अबैध कुखुरा बरामद

२ बैशाख २०७५, आईतवार १०:३६
सदरलाइनडटकम २ बैशाख, नेपालगञ्ज ः सशस्त्र प्रहरी बलको सिमा सुरक्षा कार्यालय नेपालगन्जले अवैधरुपमा भित्रा्ईएको कुखुरा बरामद गरेको छ । आईतबार बिहान भारतबाट भित्रा्इएको १ सय वटा कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद कुखुरा पशु क्वारेन्टाइनमा बुझाईएको छ । बर्डफ््लुको आशंकामा प्रहरीले भारतबाट कुखुरा ल्याउने कार्यलाई रोकथाम गरिरहेको छ […]

सम्बन्धित