खेल्दै सिक्ने केन्द्र एक वर्ष थप सञ्चालन गर्न त्रीपक्षिय सम्झौता

१ बैशाख २०७५, शनिबार १९:११
 

सदरलाइनडटकम 
१ बैशाख, नेपालगन्ज : विद्यालय जनाबाट बञ्चित, बालश्रममा लागेका, बिद्यालय भर्ना भएर विचमै पढाई छोडेका बालबालिकालाई लक्षित गरेर २ वर्ष अघिदेखि नेपालगन्जमा संचालन भैरहेको ‘खेल्दै सिक्ने केन्द्र’लाई थप एक वर्ष संचालन गर्ने गरी त्रिपक्षीय सम्झौता भएको छ ।
हाल नेपालगन्जका दुई वटा स्थानमा संचालनमा रहेका खेल्दै सिक्ने केन्द्रलाई फेज आउट योजना बनाएर एक वर्षपछि उप–महानगरकालाई हस्तान्तरण गर्ने र त्यसपछि उप–महानगरपालिकाले संचालन गर्ने गरी समुन्नत नेपाल, नेपालगन्ज उप–महानगरपालिका र बाँके युनेस्को क्लबविच त्रिपक्षीय सम्झौता भएको हो ।
सो सम्झौता पत्रमा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरी प्याकुरेल, समुन्नत नेपालका योगेश श्रेष्ठ र बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले हस्ताक्षर गरेका हुन् ।
सम्झौता हस्ताक्षरको सो अवसरमा उप–महानगरका प्रमुख डा. धवल शमशेर राणा, उपप्रमुख उमाथापा मगर, युनिसेफका पूर्व कार्यक्रम संयोजक राधिका शेरचन, उपमहानगरका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, क्लबका बाल एम्बेसडर साहिल अन्सारी लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा उपमहानगरका प्रमुख डा. राणाले नेपालगन्जलाई बालश्रममुक्त र बालमैत्री उपमहानगर बनाउने अभियानमा आफुहरु लागेको जनाउँदै सो अभियानलाई सफल बनाउन खेल्दै सिक्ने केन्द्रले प्रमुख भूमिका निर्वाह गरेको दावी गरे ।
उनले एक वर्षपछि उप–महानगरपालिकाले आफै ती केन्द्रलाई संचालन गर्ने जनाउँदै कोही पनि बालबालिका पढाईबाट बन्चित नहुन् भन्ने उदेश्यका साथ काम गरिरहेको स्पष्ट पारे ।



युनिसेफको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरको समन्वयमा बाँके युनेस्को क्लबले गत २ बर्षदेखि नेपालगन्जको सल्यानीबाग र महेन्द्रपार्क नजिक खेल्दै सिक्ने केन्द्र संचालन गर्दै आएको छ ।
आफुलाई फुर्सद भएको बेला बिद्यालय बाहिर रहेका र विभिन्न श्रममा लागेका १० बर्षमाथिका बालबालिकाले ती केन्द्रमा आएर पढ्ने तथा पछि उनिहरुलाई बिद्यालयमा भर्ना गराउने गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले जानकारी दिए ।
नेपालगन्जमा संचालनमा रहेका ती दुईवटा केन्द्रमा हाल करिब ४५ जना बालबालिकाले आफुलाई पायक पर्ने विभिन्न समयमा आएर पढ्ने गरेका ती मध्ये करिब २५ जनालाई यस ार्ष विद्यालयमा भर्ना गराउने तयारी रहेको छ ।
खेल्दै सिक्ने केन्द्रका कारण विद्यालय बाहिरका बालबालिकाहरु विद्यालयमा भर्ना हुन थालेपछि सेभ द चिल्ड्रेनको सहयोगमा क्लबले संचालन गरेको सहयात्रा परियोजनामा पनि सोही प्रकारको केन्द्र वडा नम्बर ८ मा स्थापना गरेर मेरो पहिलो विद्यालय नाम दिएर एउटा केन्द्र संचालन गरिएको छ । मेरो पहिलो विद्यालयमा पनि २५ जना भन्दा बढी बालबालिका अध्ययनका लागि निरन्तर आइरहेका छन् ।

Next Post

मेयर कप टि–२० क्रिकेट क्रिकेटमा एविसी फाइनलमा

१ बैशाख २०७५, शनिबार १९:११
सदरलाइनडटकम   १ बैशाख नेपालगन्ज  : नेपालगन्जमा जारी कलेजस्तरिय प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा एबिसी रेसिडेन्सियल स्कुलले आफ्नो प्रतिद्वन्दी होप ईन्टरनेशनललाई पछाडि पार्दै फाइनलमा प्रवेश गरेको छ । मंगलप्रसाद उमाविको खेल मैदानमा शनिवार भएको खेलमा एविसीले होप ईन्टरनेशनललाई ३५ रनले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो । खेलमा […]