नेपालगन्ज उप–महानगरका द्वन्द्वपीडित महिलालाई च्याउ खेती तालिम

१ बैशाख २०७५, शनिबार ११:२७
 

सदरलाइनडटकम   
१ बैशाख, नेपालगन्ज : द्वन्द्वपीडित तथा एकल महिलाको आयआर्जन बढाउने उद्देश्यले च्याउ खेती तालिम दिइएको छ । नेपालगन्ज उप–महानगरको आयोजना तथा द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेको सहजीकरणमा सात दिने तालिम दिईएको हो ।
नेपालगन्ज उप–महानगरका १८ वडाका १८ जना द्वन्द्वपीडित तथा एकल महिलालाई च्याउ खेती सिकाएर आयआजर्न वृद्धि गर्ने उद्देश्यले सो तालिम दिइएको थियो ।
नगर उपप्रमुख उमा थापामगरले तालिमले व्यवसायिक च्याउ खेतीमा मद्त पुर्याउनुका साथै महिलालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरिन । उनले तालिमा सहभागि सबैले आफुले सिकेको कुरका व्यवहारमा उर्तार्दै आत्मनिर्भर हुन आग्रह समसत गरिन ।
तालिमका सहभागीलाई प्रमाणपत्र बितरण गर्दै उपप्रमुख थापामगरले च्याउखेतीको निरन्तरतासँगै यसको वजारीकरणलाई पनि विशेष ध्यान दिन आग्रह गरिन ।
द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेका संस्थापक अध्यक्ष शोभा बिसीले च्याउखेतीलाई वडास्तरमा विस्तार गरि प्रभावकारी खेती गरिनु पर्नेमा जोड दिईन । उनले यस्ता तालिमले महिलाको अत्मबल बढ्नुको साथै उनीहरु आफैमा सक्षम हुने स्पष्ट पारिन ।
द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेका कार्यबाहक अध्यक्ष गोमा थापाको अध्यक्षतामा भएको समापन समारोहमा प्रशिक्षक विन्दा खरेल, उप–महानगरपालिकाका पे्रस सल्लाहकार शुक्रऋषि चौलागाई, पत्रकार महासंघ बाँके उपाध्यक्ष रुपा गहतराज, सहभागी बालकुमारी शाही लगायतले बोलेका थिए । पहिलो चरणमा वडा अधयक्षहरुलाई बोलाएर च्याउ खेतीको प्रभावकारिता र सहकार्यका विषयमा समेत जानकारी गराइएको थियो ।

Next Post

राराबाट प्रधानमन्त्रीले गरे यस्तो आह्वान (सम्बोधनको पूर्णपाठसहित)

१ बैशाख २०७५, शनिबार ११:२७
सदरलाइनडटकम  १ वैशाख, मुगु  : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षका अवसरमा नेपालको ठूलो र मनमोहक रारा तालको किनारबाट आज बिहान देशवासीलाई सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनको क्रममा एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्रुत गतिले अगाडि बढाउन सबैलाई आह्वान गरे । उनले मुलुकमा क्रियाशील सबै राजनीतिक दललाई लोकतन्त्रको […]